दाइजो र बालविवाह बिरुद्ध मेरो उम्मेदवारीः प्रदीप गिरी


प्रकाशित मिति :2017-12-01 15:58:26

महिला खबर-

सिराहा । प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले दाइजो र बालविवाह बिरुद्ध आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

सिराहा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गिरीले सिराहा क्षेत्र नम्बर एकमा भौतिक विकाससँगै महिलामाथि हुने विविध सामाजिक समस्या समाधान गर्ने, आफ्ना चुनावी एजेन्डा रहेको बताए ।

महिला खबरसँग कुरा गर्दै गिरीले अहिले पनि समाजमा छोरा पाउने निहुँमा छोरीको भु्रण हत्या भइरहेकोले यस्तो कार्य रोक्नको लागि महिला शिक्षामा जोड दिनुपर्ने बताए ।

उनले छोरीलाई शिक्षा दिएर उमेर पुगेपछि मात्रै विवाह गरिदिन थालियो भने महिला हिंसामा कमि आउने बताए ।

‘शिक्षाकै कारण अभिभावकले छोरीहरूलाई सानै उमेरमा विवाह गरिदिन्छन् । वालविवाह र दाइजोका निहुँमा महिला हिंसा बढेको छ’ उनले भने ‘अधिकारको लागि महिलाले लड्नै पर्छ । त्यसमा सबैले छोरीलाई साथ दिनुपर्छ ।’

तराईमा विद्यमान दाइजो प्रथा, बालविवाह, छोराछोरीबिचको विभेद अन्त्यका लागि नै आफू प्रतिनिधिसभाको लागि चुनाव लडेको उनले बताए ।

पढ्न चाहने हरेक महिलालाई आफुले छात्रवृतिको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दै गिरीले गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: