चिसोले महिला बिरामी बढे, कसरी बच्ने चिसोबाट ?


प्रकाशित मिति :2017-12-01 10:51:57

-सर्मिला बुढाथोकी-

दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ३ तार्थलीकी सरिता थापा केहि दिनदेखि रुघा, खोकीको कारण बिरामी  परेकी छन् । चरिकोट अस्पतालमा उपचारको लागि पुगेकी सरिताले जस्ताको छाना भएको टहरामा बिहानी पख सित पर्ने भएकोले बिरामी परेको बताइन् ।

भुकम्पपछि टहरामै बस्दै आएकी सरिता हरेक बर्ष चिसो मौसममा समस्या हुने बताउँछिन् । ‘स्थायी आवास बनाउन आर्थिक समस्या छ’ सरिताले भनिन्, ‘टहरामा बस्नु परेकोले हरेक बर्ष चिसो मौसममा विरामी परिन्छ ।

भुकम्पपछि दोलखामा अहिले पनि धेरै मानिस टहरामै बस्ने भएकोले चिसो मौसम सुरु भएपछि रुघा, खोकी, जरो, दम र निमोनियाका बिरामी बढ्ने गरेको स्वास्थ्यकर्मीहरूको भनाई छ । त्यस्ता बिरामीहरूमा महिलाको संख्या बढी रहेको प्रस्तावित चरिकोट अस्पतालका डाक्टर अनमोल श्रेष्ठले बताए । त्यसपछि जेष्ठ नागरिक र बालबालिका यस्तो समस्याबाट पीडित हुने गरेको डाक्टर श्रेष्ठको भनाई छ ।

सदरमुकाम चरिकोटको प्राथमीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा कार्तिक महिनामा उपचारको लागि आएका बिरामीहरूमा दमका २२ जना थिए । जसमा १४ जना महिला रहेको अस्पतालका सिनियर अहेव एवं सूचना अधिकृत शान्तिप्रसाद न्यौपानेले बताए ।

त्यसैगरी उपचारको लागि आएका रुघा, खोकीका १ सय ५० जना विरामीमा ७७ जना महिला रहेको न्यौपानेले बताए । चिसोकै कारण कार्तिक महिनामा निमोनियाका ७ जना विरामी आएको र त्यसमा ३ जना महिला रहेको अस्पतालले जनाएको छ ।

प्रस्तावित चरिकोट अस्पतालमा आर्थिक बर्ष ०७४/०७५ को कार्तिक महिनासम्म दमका १ सय २४ जना बिरामी उपचारको लागि आएकोमा ७४ जना महिला रहेको सुचना अधिकृत न्यौपानेले बताए । निमोनियाका ५४ जना विरामीमा महिला २६ जना रहेका छन् । रुघा, खाकीका ८ सय १३ जना बिरामी उपचारको लागि आएकोमा ३ सय ९७ जना महिला रहेको न्यौपानेले बताए ।

अस्पतालमा केहि दिनदेखि उपचार गराई रहेका दोलखा मेलुङ गाँउपालिकाको भेड्पु निवासी दमका विरामी ८० बर्षिय तुलानारायण श्रेष्ठले भुकम्प पछि जस्ताको टहरामा बस्दै आएको र चिसोकै कारण दुई बर्ष देखि दमको समस्याबाट पीडित भएको गुनासो सुनाए । ‘घर बनाउन पैसा छैन, टहरामा बस्दा चिसो मौसममा दमले उठ्न बस्नै नसक्ने बनाउँछ’ दृष्टिविहिन समेत रहेका जेष्ठ नागरिक तुलानारायणले बताए ।

प्रस्तावित चरिकोट अस्पतालका डाक्टर अनमोल श्रेष्ठ अस्पतालमा दैनिक १५/२० जना दम, रुघा, खोकी जस्ता चिसोका कारण हुने रोगबाट पीडित विरामी आउने गरेको र त्यसमा महिला तथा जेष्ठ नागरिकनै बढी हुने बताउछन् ।

महिलाले घरमा बढी पानी प्रयोग हुने काम गर्ने भएकोले पनि चिसो मौसममा दम, रुघा, खोकी जस्ता रोगबाट उनीहरू बढी प्रभावित हुने डाक्टर श्रेष्ठ बताउँछन् ।

भुकम्पपछि जिल्लाका धेरै परिवार टहरामै भएकोले पनि यस्तो समस्या भएका विरामी धेरै हुने गरेको श्रेष्ठको भनाई छ । चिसो मौसममा जेष्ठ नागरिक, महिला, बालबालिका लगाएत सबैले तातो पानी पिउने, झोलिलो कुरा धेरै खाने, चिसो नलाग्ने गरी कपडा लगाउने जस्ता सर्तकता अपनाउन सके चिसोबाट बच्न सकिने डाक्टर श्रेष्ठ बताउछन् ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखामा रहेको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७४/०७५ को असोजसम्म जिल्लामा दमका ४ सय ४२, निमोनियाका ५७ र रुघा खोकीका ६ सय ७२ जना विरामीले उपचार गराएका छन् । त्यसरी उपचारमा आउने विरामीहरूमा महिला तथा जेष्ठ नागरिक धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका तथ्याङ्क शाखाका भोजराज जोशीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: