हिंसाविरूद्ध अभियानमा पुरूषको साथ


प्रकाशित मिति :2017-11-30 10:19:22

-अमृता अनमोल-

२५ नोभेम्बरदेखि विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ । नेपालमा भने सन् २०१० पछि यसलाई लैंगिक हिंसा विरुद्धको अभियानका नाममा मनाइन्छ । सन् २०१० भर महिला हिंसा विरुद्धको वर्ष मनाएकाले यसो गरिएको हो । फरक यत्ति हो, महिला हिंसाले महिला भएकै कारण भएको हिंसा बुझाउँछ । लैंगिक हिंसाले लिंगका आधारमा हुने हिंसा बुझाउँछ । महिलाले मात्रै हिंसाविरुद्ध अभियान चलाउँदा पुरुषहरूलाई परिवर्तन गर्न र प्रतिबद्ध गराउन सम्भव छैन । पुरुष प्रतिबद्ध नभई लैंगिक असमानता हटाउन र समानता कायम गर्न सम्भव छैन । अभियानमा पुरुषलाई समेत सहभागी गराउन महिलाको सट्टा लैंगिक शब्द राखिएको पनि बताइन्छ । यो सबैभन्दा उत्तम उपाय हो । लंैगिक समानताले मात्रै महिला हिंसा कम हुन्छ । यसैले लैंगिक समानता कायम गर्न मनाइने अभियानमा लैंगिक रूपमा महिला, पुरुष र तेस्रो लिंगीसमेत सहभागी हुनुपर्छ ।

महिला–पुरुष एक सिक्काका दुई पाटा हुन् । एक भएमात्रै अर्कोको अस्तित्व रहन्छ । यही कुरा व्यवहारमा पालना नहुँदा धेरै महिला घरभित्रै हिंसामा छन् । मान्छेको सबैभन्दा सुरक्षित स्थल घर र आफन्त हुनुपर्ने हो । तर धेरै हिंसा, भेदभाव र लाञ्छना घरपरिवारबाटै सुरु हुन्छ । ती सबै घटना अदालती प्रक्रियामा लैजान सम्भव हुँदैन । मेलमिलाप र समझदारीबाट टुंग्याउनुपर्छ । त्यसैले महिला समानता र हिंसा अन्त्यको समाधान पनि हरेक घरपरिवारबाटै हुनुपर्छ । परिवारमा महिलामात्रै हँुदैनन् । पुरुष पनि हुन्छन् । यसैले महिला हिंसा हुन नदिन त्यहाँ महिलामात्र होइन, पुरुष पनि अनिवार्य सहभागी हुनुपर्छ । केही संस्कार र परम्पराले महिलामाथि भेदभाव गरेको छ । त्यस्ता संस्कार जोगाउने वा हटाउने काम पनि महिलाले मात्रै गर्न सक्दैनन् । यसमा पुरुषको साथ र प्रतिबद्धता आवश्यक छ ।

महिला–पुरुष बीचको असमानता, अज्ञानता र अकर्मन्यताका कारण हिंसा हुन्छ । महिला हिंसाका धेरै घटना पुरुषबाट भएका छन्् । चाहे त्यो बाबु होस्, दाइभाइ होस्, पति होस्, छोरा होस्, आफन्त होस्, काम कजाउने हाकिम वा सहकर्मी नै किन नहोस् । पुरुष भएकै कारणले महिलामाथि हिंसा गरेको भने होइन । उसले पाएको संस्कार र संस्कारले विकास भएको सोचका कारण विभेद भएको छ । विभेदले हिंसा जन्माएको छ । संस्कार सिक्न जति गाह्रो छ, त्यसलाई छोड्न पनि त्यति नै गाह्रो छ । पुरुषले कस्तो व्यवहार गर्दा महिला हिंसा हुन्छ भन्ने कुरा पुरुषले सिक्न आवश्यक छ । महिलाले सिकाउन आवश्यक छ । यसैले महिला हिंसा विरुद्धका हरेक अभियानमा पुरुषलाई सहभागी गराउनुपर्छ । राज्य तहबाटै महिला वा लैंगिक हिंसा विरुद्धका अभियानमा महिलामात्रै सहभागी गराउने परिपाटी रोकिनुपर्छ ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: