सिंहदरबारभित्रः जागिरसंगै सन्तानको स्याहार पनि


प्रकाशित मिति :2017-11-29 15:36:32

-महिला खबर-

काठमाडौं । सिंहदरबार परिसरभित्र निजामती कर्मचारीका शिशुहरुका लागि संचालित ‘दिवा शिशु स्याहार केन्द्र’ प्रभावकारी बन्दै गइरहेको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोग र नेपाल निजामति कर्मचारी श्रीमती संघको व्यवस्थापनमा २०६८ सालदेखि सिंहदरबार परिसरमा दिवा शिशु स्याहार केन्द्र संचालन हुँदै आएको हो ।

केन्द्र सञ्चालनपछि जागिरे आमाहरुले आफ्ना सन्तानलाई समयसमयमा हेरचाह र स्तनपान समेत गराउन पाएका छन् ।

साना सन्तानलाई घरमै छाडेर कार्यालयमा काम गर्न जाने महिला कर्मचारीले नियमित स्तनपान गराउन प्राय सम्भव छैन । जागिरे आमाहरु बच्चालाई घरमै छाड्दा मानसिक तनाव पनि हुन्छ । यस्ता समस्या सामाधानका लागि सरकारले परिसरभित्रै यो व्यवस्था ल्याएपछि आमा र शिशु दुवैलाई फाइदा पुगेको छ ।

दिवा शिशु केन्द्रमा ३ महिना देखि ३ वर्षसम्मका शिशुलाई भर्ना गरिन्छ । जहाँ भर्ना हुनका लागि मासिक शुल्क तिर्नुपर्ने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सुचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

उनका अनुसार यहाँ एक सय जना शिशु राख्न मिल्ने व्यवस्था छ । हालसम्म २५० शिशुहरुलाई यो सेवा दिइसकेको छ । ‘दिवा शिशु स्याहार केन्द्र’ अहिले अझ बढी प्रभावकारी हुँदै गएको छ । ‘यहाँ कर्मचारी महिलाहरु बढी हुनुहुन्छ । नयाँ भर्नामा अझ बढी नयाँ शिशु भर्नाका लागि निवेदन परेका छन्’– निरौलाले भने ।

‘सिहंदरबार परिसरभित्र निजामती कर्मचारीका शिशुहरुको लागि सञ्चालित दिवा शिशु स्याहार केन्द्र सञ्चालित कार्यविधि २०७१’ मार्फत सञ्चालमा रहेको पनि निरौलाले जानकारी दिए ।

यस दिवा केन्द्रमा शिशुहरुको हेरचाह र रेखदेख गरिन्छ । यहाँ शिक्षक महिला, आया, भान्सा सहयोगी लगायतका कर्मचारीहरुले बालबालिकाहरुको हेरचाह गर्ने गर्दछन् ।

दिवा केन्द्रभित्र शिशुहरुलाई बाल चिकित्सक र मनोचिकित्सले पनि समय–समयमा बालबालिकाहरुको स्वास्थ्य जाँच गर्ने गर्दछन् ।

हाल नेपालभरी १८ प्रतिशत निजामती कर्मचारी महिला छन् । सिंहदरबारमा शिशु स्याहार केन्द्रले धेरै जागिरे आमाहरुको समस्या सामाधान गरेको छ । तर नेपालमा सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्न जागिरे आमाहरुको समस्या भने अझै समाधान हुन सकेको छैन ।

सिंहदरबार बाहेकका ठाउँहरुमा सरकारले यस्तो सुविधाको व्यवस्था गर्न सकेको छैन ।

जागिरे आमाहरुले कार्यालयहरुमा ‘डे केयर सेन्टर’ स्थापना गर्न, बच्चा हेर्न स्याहारेकोे व्यवस्था गर्न, सेन्टरमा गएर दूध चुसाउँदै कार्यालयको काम गर्न पाउने सुविधा उपलब्ध गराइनुपर्ने आवाज उठाउदै आएका छन् ।

३ महिने सुत्केरी बिदापछि सन्तानलाई घरमै छाडेर अफिस जानुपर्ने वा जागिर नै छाड्नुपर्ने अझै धेरै जागिरे आमाहरुको समस्या छ ।

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा.मधु श्रेष्ठका अनुसार शिशुलाई जन्मेको ६ महिना भन्दा बढी नियमित आमाको दुध चुसाउनुपर्ने हुन्छ । छ महिनासम्म दुई÷दुई घण्टाको फरकमा आमाले शिशुलाई दुध खुवाउनुपर्ने उनी बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: