महिला हिंसाको कारण बालविवाहः प्रहरी निरीक्षक लामा


प्रकाशित मिति :2017-11-20 14:59:04

जिल्ला प्रहरी कार्यालय दोलखामा रहेको लैगिंक हिंसा नियन्त्रण जिल्ला समन्वय समितिमा कार्यरत प्रहरी निरीक्षक अनु लामा जिल्ला आएको तीन महिना भयो । “व्यवहारमा नरम काममा कडा” प्रहरीका रुपमा पहिचान बनाएकी लामाले अहिले जिल्लामा भएका महिला हिंसाका घटनाको अनुसन्धान, घटना न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्दौ आएकी छन् । जिल्लामा महिला हिंसाको अवस्था,हिंसाको कारक तत्व र न्यूनीकरणमा प्रहरीले के गर्दाै छ यसै विषयमा रहेर उनीसँग सर्मिला बुढाथोकी गरेको कुराकानी ः–

दोलखामा महिला हिंसाको स्थिति कस्तो छ ?

ड्ड दोलखामा काम गरेको लगभग तीन महिना भयो । यो अवधिमा तुलनात्मक रुपमा हिंसाका घटना बढिनै आएको छ । अहिले पनि बीस÷तीस वर्ष अगाडी देखिका समस्या लिएर निवेदन दर्ता भएका छन् र कार्वाही प्रक्रिया पनि अघि बढि रहेको छ । २०७४ सालको असोज कार्तिकमा मात्र १२ वटा भन्दा बढी महिला हिंसाका घट्ना दर्ता भएका छन् । त्यसरी दर्ता भएका घट्ना मध्ये दुई वटा घटना मिलापत्र भएका छन् भने अन्य घट्नाको अनुसन्धान भैरहेको छ ।

महिला हिंसा हुनुको मुख्य कारण के पाउनु भयो ?

ड्ड सबै भन्दा मुख्य कारण भनेको बाल विवाह हो । दोलखाको सन्र्दभमा मैले बाल विवाहलाई हिंसाको जड देखे । नबुझेर सानैमा विवाह गर्ने र ठुलो भए पछि विभिन्न समस्या निम्तने । असमझदारीले गर्दा महिलाहरुले शारीरिक, मानसिक यातना भोग्नु परेको अवस्था छ । बाल विवाहकै कारण बहुविवाह र पछि सम्बन्ध विच्छेद पनि भएको पाएको छु । यसको न्यूनिकरणका लागि सबैले पहल गर्नु पर्ने देख्छु ।

हिंसाको कारक मदिरालाई पनि मानिएको छ । मदिरा जन्य पदार्थ नष्ट गर्न जिल्ला प्रहरी कार्यालयले अभियाननै चलाई रहेको छ । यो कतिको प्रभावकारी छ ?

ड्ड हो, मदिरा जन्य पदार्थले हिंसाका घटना बढाइ रहेको छ । जति पनि अपराधिक घटना हुन्छ त्यो घटनामा संलग्न मानिसले प्रायः मदिरा सेवन कै कारण यस्तो भएको भनेर बयान दिने गरेका छन् । मदिराले बलेको आगोमा घ्यू थप्ने गरेको छ । यसको न्यूनिकरणको अभियानलाई जारी राख्न सबैको सहयोग आवश्यक छ । सञ्चार माध्यमले पनि यसलाई सहयोग गरेको छ । मिडियाको समेत सकारात्मक सहयोगको कारणले पनि यो अभियान अझ प्रभावकारी बनेको छ ।

पीडित महिला न्याय माग्न आउँदा प्रहरीले मिल्नका लागि दबाब दिन्छ भन्ने आरोप पनि छ यो सत्य हो ?

ड्ड अनावश्यक दबाब प्रहरीले दिदैन र दिएको पनि छैन । बरु कहिले काहीँ घटना मिलाईदिनु प¥यो भनेर विभिन्न ठाँउबाट फोन आउने चाहिँ गरेका छन् । तर कसैको दबाब भन्दा पनि पीडितको पक्षमा न्याय दिनु पर्छ भन्ने मेरो (प्रहरीको) मान्यता छ । कतिपय घट्नामा मिलापत्र भएका छन् भने पनि त्यो बाहिरै मिलापत्र हुने र प्रहरीलाई जानकारी आउने गरेको हो ।

पीडित महिलालाई घर फर्कने अवस्था छैन भने कसरी व्यवस्थापन गर्छ जिल्ला प्रहरी कार्यलयले ?

ड्ड जो महिला पीडित भएर प्रहरी कार्यालयमा आउनु हुन्छ त्यसमा कतिपय महिलाहरु तत्काल घर फर्किन सक्ने अवस्थामा देखिनु हुन्न । यस्तो अवस्थामा उहाँहरुलाई व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यलयलाई चुनौती छ । हिंसा प्रभावित महिलालाई उद्धार गरेर राख्न भौतिक संरचनाको अभाव छ । हामीसँग हिरासत मात्र छ । हिरासतमा राख्न मिल्दैन । पीडित महिलालाई राख्ने ठाउँ नहुदा अन्यत्र गुहार्नु पर्छ । दोलखा जिल्लामा हिंसा प्रभावितहरुका लागि आश्रय स्थलको एकदमै आवश्यकता महशुस गरेकी छु ।

महिला हिंसा अन्त्यका लागि के गर्नुपर्ला ?

ड्ड हिंसा अन्त्यका लागि विभिन्न संघ सस्थाले कार्यक्रम गरीरहेका छन् । तथापी सबै ठाउँमा चेतना पुगेको छैन कि भन्ने लागेको छ । विद्यालय स्तरमा किशोरीहरुका लागि धेरै भन्दा धेरै सचेतना मूलक कार्यक्रम गर्न आवश्यक देखेको छु । विभिन्न प्रलोभनमा परेर किशोरीहरु बालविवाह गर्न मञ्जुर भएका हुन्छन् । यसको अन्त्यको लागि सामाजिक अभियन्ता, राजनीतिज्ञ, सञ्चारकर्मी, अधिकारकर्मी र सरोकारवाला सरकारी तथा गैर सरकारी निकायले चेतनामुलक कार्यक्रम गर्नु आवश्यक छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: