भोट माग्न महिला सक्रियता 


प्रकाशित मिति :2017-11-08 16:51:36

सर्मिला बुढाथोकी 
दोलखा -जिरी नगरपालिकाकी ७६ बर्षिया जगतमाया खड्कासँग तीन पटक चुनावमा सहभागि भएर आफुलाई इच्छा लागेको पार्टीलाई मतदान गरेको अनुभव छ  ।
चुनावी अभियानको क्रममा प्रचार प्रसार, घरदैलो अनि गाउँमा विकास ल्याउँछौ, भोट दिनुस् भनेर भोट माग्ने विगतको जस्तै तरिका बृद्धा जगतमायालाई खासै नौलो लागेन । 
तर विगतको चुनावमा भन्दा यस पटकको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा महिलाहरू सक्रिय भएर मतदाताको दैलो दैलोमा भोट माग्न आएको विषयले भने उनको ध्यान तानेको छ ।
उनी भन्छिन्, ‘अघिअघि छोरीलाई पढाउदैनथे, छोरी मान्छे यसरी हिड्यो भने कुरा काट्थे, अव त हामीलाई भोट दिनुस् भन्दै घर दैलोमा आउने भए । अस्ति बैशाखमा भएको चुनाव (गत स्थानिय तहको चुनाव) देखि छोरी नातीनीहरूको सक्रियता देखेरै आफुलाई साह्रै खुसी लागेको उनी बताउँछिन् ।
चुनाव नजिकिदै गर्दा दोलखाका विभिन्न नगर तथा गाउँपालिकामा भइरहेको चुनावी अभियानमा दोलखाका विभिन्न राजनीति पार्टीका महिलाहरूको सक्रिय सहभागिता रहेको छ ।
नेपाली कांग्रेस दोलखालाई जिताउन भोट माग्न हिडेको भीमेश्वर नगरपालिकाकी देवी तमाङ बताउँछिन् । उनी भन्छिन्, ‘हामी जस्ता विपन्न महिलाको मद्धत गर्ने पार्टी नेपाली कांग्रेस हो त्यसैले कांग्रेसलाई जिताउन भोट माग्दै हिडेकी हँु ।’
दोलखा जिरी नगरपालिकाकी युवा रोजिना सुनुवार पनि नमुना मत पत्र लिएर वाम गठबन्धनको पक्षमा मत माग्न व्यस्त छिन् । ‘वाम गठबन्धनले समृद्ध नेपाल निर्माणको खाका ल्याएको छ, यसले सबै वर्गलाई समेट्छ’ रोजिनाले भनिन्, ‘हामी जस्ता युवालाई सहि मार्ग निर्देशन गर्ने नीति वाम गठबन्धनसंग भएकाले गठबन्धनको पक्षमा मत माग्दै हिडेको हो ।
भीमेश्वर नगरपालिकाकी सिर्जना कुसुले पनि वाम गठबन्धनको पक्षमा मत माग्ने घरदैलो अभियानमा सहभागि छिन् । वाम गठबन्धनले सबैको भलो गर्ने भएकाले गठबन्धनलाई भोट मागेको उनले बताईन् ।
‘विगतका चुनावमा महिलाहरू प्रायः मतदाताको रुपमामात्र चिनिन्थे, स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा भने महिलाहरू सक्रिय रुपमा मत माग्न र आफूले सर्मथन गरेको पार्टीको पक्षमा वकालत गर्न नै सक्रिय छन्’ महिला अधिकारकर्मी देवी शिवाकोटीले भनिन् ।
यो निर्वाचनमा महिलाको प्रतिनिधित्व आवश्यकता अनुसार नभएपनि महिलाको सक्रियताले अर्को पटकदेखि दलहरूलाई महिला प्रतिनिधित्व कानून अनुसार पुरा गर्न दवाव पुग्ने देवी बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

होचो कद तर अग्लो आचरणका श्रीमान

ज्याक स्कुटर हाँक्छन् । यशोदा पछाडि बस्छिन् । सँगसँगै घुम्छन् । डुल्छन् । अनि रमाइलो

आप्रवासीका श्रीमतीमा एचआइभी संक्रमण दर घटेन

–महिला खबर– एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको छ

फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट

‘फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र

औषधि किन्ने पैसा नहुँदा नवजात जुम्ल्याहा शिशुको ज्यान खतरामा

–महिला खबर– जन्मिने मिति भन्दा २ महिना अघि नै जन्मिएका कारण शिशुको फोक्सोको विकास भएको छैन

महिलाको स्वरुप बिगार्ने विज्ञापन

रमिता खतिवडा नेपाली मूलधारका मिडियामै महिलाहरूलाई अत्याधिक मात्रै होइन, अनावश्यक र गलत ढंगले प्रस्तुत गरिएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: