एक्स–रे गर्दा यौन दुव्र्यवहार गर्ने स्वास्थ्यकर्मी प्रहरी हिरासतमा


प्रकाशित मिति :2017-11-08 15:34:40

रमला सिंगक\महिला खबर

सुनसरी । पाँच दिनदेखि ढाडको समस्या लिएर एक्स–रे गर्न आमाको साथमा स्थानीय क्लिनिकमा पुगेकी १५ बर्षीया एक किशोरीमाथि मंगलबार यौन दुव्र्यवहार भएको छ । उनलाई धरान १० पुतलीलाइनस्थित डा. हरी शर्माको क्लिनिकमा कार्यरत शरणकुमार राईले यौन दुव्र्यवहार गरेका हुन् ।

एक्स–रे कक्षमा दुव्र्यवहार भएपछि महिला संजाल धरान उपमहानगरको सहयोगमा किशोरीले उजुरी दिए लगतै राई पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

किशोरीले दिएको उजुरी अनुसार प्रहरीले राईलाई पक्राउ गरेको हो । किशोरीले राईले एक्स–रे गर्ने बहानामा आफ्ना संवेदनशील अङ्गहरुमा हात लगाएको बताएकि छिन् । उनले बन्द कोठमा नग्न बनाएर प्राविधिक राईले ढाडको समस्याको एक्स–रे गर्न केन्द्रित हुनुपर्नेमा संवेदनशील अङ्गमा पटक–पटक हातपात गरी यौन दुव्र्यवहार गरेको खुलासा गरिन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडलेले राईलाई जवजस्ती करणी अन्गर्त मुद्धा चलाउने तयारी भएको बताए । पीडित किशोरीका अनुसार एक्स–रे कोठामा राईले आफ्नो आमालाई साथै पस्न नदिएपछि उनलाई मात्र लिएर भित्रबाट ढोका बन्द गरेका थिए ।

उनले भनिन्, ‘एक्स-रे कक्षमा प्रवेश गरेपछि राईले सबै लुगा फुकाल्न भनेपछि ‘होला त नी’ भनेर लुगा फुकालें । तर राईले एक्सरे गर्नुको सट्टा छाती र यौनाङ्ग छुन थाले ।’ राईले जवर्जस्ती आफ्नो यौनाङ्गमा औला छिराएपछि डर लागेर चिच्याएको उनले बताइन् । उनकी आमाले एक्स-रे कक्षमा छिरेको छोरी आधा घण्टासम्म बाहिर ननिस्केपछि सोधी खोजी समेत गरेकी थिइन् ।

पाच मिनेटमा हुने एक्स–रे आधा घण्टा समय लगाएपछि शंका लागेको आमाले बताइन् । उनले भनिन्, ‘आधा घण्टापछि राई बाहिर निस्क्यो । म पनि छोरी भएतिर गएँ । भित्र छिर्दा छोरीले लुगा लगाउदै थिइन् । मैले किन यति ढिलो गरेको भन्दा रुन थालिन् र जे घट्ना भएको थियो सबै भनिन् ।’

महिला संजालका अध्यक्ष शिला बज्राचार्यले स्वास्थ्य क्षेत्रमा पनि महिला बालबालिका किशोरीहरु असुरक्षित भएको र किशोरी यौनदुव्र्यवहार गर्ने दोषीलाई कडा कारवाही गर्न माग गरेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

होचो कद तर अग्लो आचरणका श्रीमान

ज्याक स्कुटर हाँक्छन् । यशोदा पछाडि बस्छिन् । सँगसँगै घुम्छन् । डुल्छन् । अनि रमाइलो

आप्रवासीका श्रीमतीमा एचआइभी संक्रमण दर घटेन

–महिला खबर– एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको छ

फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट

‘फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र

औषधि किन्ने पैसा नहुँदा नवजात जुम्ल्याहा शिशुको ज्यान खतरामा

–महिला खबर– जन्मिने मिति भन्दा २ महिना अघि नै जन्मिएका कारण शिशुको फोक्सोको विकास भएको छैन

महिलाको स्वरुप बिगार्ने विज्ञापन

रमिता खतिवडा नेपाली मूलधारका मिडियामै महिलाहरूलाई अत्याधिक मात्रै होइन, अनावश्यक र गलत ढंगले प्रस्तुत गरिएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: