मतगणना स्थलमा महिला मात्रै प्रतिनिधि


प्रकाशित मिति :2017-11-08 11:30:02

कुल प्रसाद शर्मा, मुख्य निवार्चन अधिकृत

सृजना अर्याल\महिला खबर

चितवन । चितवनका मुख्य निवार्चन अधिकृत कुल प्रसाद शर्माले मतगणना स्थलमा महिला मात्रै राख्न पहल गरिने बताएका छन् । मतगणनास्थललाई शान्त र धाँधलीरहित बनाउनका लागि महिलालाई मात्रै प्रतिनिधि बनाउन पहल गरिने शर्माको भनाई छ ।

मतगणनास्थलमा प्रतिनिधि पठाउँदा महिलालाई मात्रै पठाइदिनका लागि सबै दलसँग आग्रह गरिने शर्माले बताए । युएनडीपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रममा बोल्ने क्रममा मुख्य निवार्चन अधिकृत शर्माले यस्तो बताएका हुन् ।

आगामी प्रतिनिधि तथा प्रदेश सभाको कार्यक्रमलाई लक्षित गरेर मंगलवार जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार र मानव अधिकारकर्मीबिच भएको कार्यशालामा बोल्दै मुख्य निर्वाचन अधिकृत शर्माले मतगणनास्थलमा महिलालाई स्थान दिइनाले हार्दिकताका साथै शान्तिपुर्ण वातावरणमा मतगणना गर्न सकिने धारणा राखे ।

‘यसका लागि दलका प्रमुखहरुसँग छलफल गर्ने तयारी गरिरहेका छौँ’ शर्माले भने, ‘प्रमुख दलहरुले प्रत्यक्ष निवार्चनमा महिलालाई उम्मेदवार नबनाए पनि मतगणनामा भने महिला पठाउन अनुरोध नै गर्ने भएका छौँ ।’ उनले निवार्चन शान्तिपूर्ण हिसाबले अगाडि बढ्ने भन्दै सबैलाई निर्वाचन आचांर सहिता पालन गर्न आग्रह समेत गरे ।

चितवनमा यसपटक भएको लोकतान्त्रिक र वाम गठबन्धनले प्रत्यक्ष निर्वाचनअन्तरगत प्रतिनिधिसभा र प्रदेशसभामा एकजना पनि महिला उम्मेदवार बनाएका छैनन् ।

चितवनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राष्ट्रिय जनता पार्टीले रीता चौधरीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र न ३ मा भगवती प्रसाई स्वतन्त्र उम्मेदवार बनेकी छन् । क्षेत्र १ बाट प्रदेशसभा १ मा १ जना महिलाले उम्मेदवारी दिएकी छन् । भवानीदेवी घिमिरेले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिएकी छन् । नेपाल मजदुर किसान पार्टीबाट प्रदेशसभाका लागि क्षेत्र नम्बर २ मा तुलसी सापकोटाले उम्मेदवारी दिएकी छन् यसैगरि क्षेत्र नम्बर २ को १ प्रदेशसभाबाट बुद्धलक्ष्मी स्याडताले एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी छन् ।

त्यसैगरि प्रदेशसभाका लागि क्षेत्र नम्बर २ को २ बाट नेकपा (माले) बाट सरस्वती शर्मा पौडेल र नेपाल मजदुर किसान पार्टीबाट मेनका थापा मगरले उम्मेदवारी दिएका छन् । प्रदेशसभाकै लागि नयाँ शक्तिबाट क्षेत्र नम्बर ३ को १ बाट मक्कुमाया गुरुङले उम्मेदवारी दिएकी छन् ।

जिल्लामा ३ लाख ५४ हजार ३ सय ६ मतदाता मध्य १ लाख ८४ हजार ६८ जना महिला मतदाता छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

होचो कद तर अग्लो आचरणका श्रीमान

ज्याक स्कुटर हाँक्छन् । यशोदा पछाडि बस्छिन् । सँगसँगै घुम्छन् । डुल्छन् । अनि रमाइलो

आप्रवासीका श्रीमतीमा एचआइभी संक्रमण दर घटेन

–महिला खबर– एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको छ

फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट

‘फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र

औषधि किन्ने पैसा नहुँदा नवजात जुम्ल्याहा शिशुको ज्यान खतरामा

–महिला खबर– जन्मिने मिति भन्दा २ महिना अघि नै जन्मिएका कारण शिशुको फोक्सोको विकास भएको छैन

महिलाको स्वरुप बिगार्ने विज्ञापन

रमिता खतिवडा नेपाली मूलधारका मिडियामै महिलाहरूलाई अत्याधिक मात्रै होइन, अनावश्यक र गलत ढंगले प्रस्तुत गरिएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: