८८ महिलाको स्वतन्त्र उम्मेदवारी


प्रकाशित मिति :2017-11-07 14:16:37

-महिला खबर-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचका लागि प्रत्यक्षतर्फ ८८ जना महिलाको स्वतन्त्र उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनका लागि ८८ जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभाका लागि रसुवामा २ जना र नुवाकोटबाट एक जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै दोलखामा एक र नुवाकोटमा २ गरी ३ जनाले प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

दोस्रो चरणमा हुने निर्वाचनका लागि ८२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा प्रतिनिधि सभामा ३५ र प्रदेश सभामा ४७ जना छन् । काठमाडांै जिल्लामा सबै भन्दा बढी महिलाले स्वतन्त्र उम्मेदवार दिनेका छन् ।

काठमाडौंमा प्रतिनिधिमा र प्रदेशसभाका लागि १८ जना महिला स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै मोरङमा २, धनुषा ३, महोत्तरी १, सलार्ही ३, काठमाडौं ८, ललितपुर २,रौतहट ३, पर्सा २, चितवन १, गुल्मी ३, रुपन्देही १, कपिलवस्तु १, पर्वत १ कैलाली १, कञ्चनपुर १ र नवलपरासी १ गरी ३५ जनाले प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभाका लागि झापा १, मोरङ १, सुनसरी १, सप्तरी १, सिरहा ४, महोत्तरी ४, सलार्ही २, काठमाडौं १०, भक्त्तपुर १, मकवानपुर १, रौतहट १, बारा ३, पर्सा ३,गुल्मी २ नवलपरासी बर्दघाट सुस्ता पूर्व १, मा १, रुपन्देशी १, कपिलवस्तु ६, बाँके १,बर्दिया १ र नवरपरासी (बर्दघाट सुस्ता पश्चिम) २ गरी ४७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

१९ महिलाको उम्मदवारी फिर्ता

दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी दिएका मध्य १९ जना महिलाले उम्मेदवारी फिर्ता लिएका छन् ।

४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि कार्तिक १६ गते ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ तथा प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ ११ गरी १९ जना महिलाको उम्मेदवारी फिर्ता गरेका छन् ।

आयोगले आफ्नो वेव साइटमा राखेको दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावलीमा प्रतिनिधि सभा १ सय ३० र प्रदेश सभाका लागि २ सय २० गरी ३ सय ५० जना महिला चुनावी प्रतिष्प्रर्धामा छन् ।

जनसंख्याअनुसार महिलाको प्रतिनिधित्व कम भएको भन्दै अन्तर पार्टी महिला सञ्जालले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागसहित दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

सञ्जालले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गदौ आएको सञ्जालका उपाध्यक्ष पुष्पा ठाकुरले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

होचो कद तर अग्लो आचरणका श्रीमान

ज्याक स्कुटर हाँक्छन् । यशोदा पछाडि बस्छिन् । सँगसँगै घुम्छन् । डुल्छन् । अनि रमाइलो

आप्रवासीका श्रीमतीमा एचआइभी संक्रमण दर घटेन

–महिला खबर– एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको छ

फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट

‘फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र

औषधि किन्ने पैसा नहुँदा नवजात जुम्ल्याहा शिशुको ज्यान खतरामा

–महिला खबर– जन्मिने मिति भन्दा २ महिना अघि नै जन्मिएका कारण शिशुको फोक्सोको विकास भएको छैन

महिलाको स्वरुप बिगार्ने विज्ञापन

रमिता खतिवडा नेपाली मूलधारका मिडियामै महिलाहरूलाई अत्याधिक मात्रै होइन, अनावश्यक र गलत ढंगले प्रस्तुत गरिएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: