रोकिएन बलात्कार, एक वर्षमा एक हजार महिला बलात्कृत


प्रकाशित मिति :2017-10-18 10:00:15

-महिला खबर-

काठमाडौं । यो एक हप्ताको अवधिमा देशभर चार जना महिला बलात्कृत भएका छन् । चार घटना मध्ये तीन जना बालिका छन् । गत सोमबार म्याग्दीको बेनी नगरपालिका ३ बाट जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले सोही स्थानमा बस्ने १४ वर्षीय सुस्त मनस्थिती भएकी बालिकालाई जबरजस्ती करणीको अभियोगमा ३९ बर्षीय भिमबहादुर घर्ती क्षेत्रीलाई पक्राउ गरेको हो ।

यस्तै सोमबार नै जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रौतामाई गाउँपालिका ४ भन्याङ बस्ने ४२ वर्षीय एक महिलालाई बिरामी भई घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय डम्बरबहादुर मिचिङ मगर र खोटाङ दिक्तेत खाँम्तेल ५ घर भएका ५४ वर्षीय रणबहादुर राईलाई पक्राउ गरिएको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गत आइतबार काठमाडौंबाट एक जनालाई पक्राउ गरिएको छ । म्याग्दी माली गाउँपालिका–३ घर भएका १९ वर्षीय अंकित पटेलले इलाम घर भई काठमाडौं माछापोखरी बस्ने १४ वर्षीय बालिकालाई काठमाडौं महानगरपालिका १६ माछापोखरी स्थित धौलागिरी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

यस्तै बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट गत विहीबार दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका ८ लिवाली बस्ने १६ वर्षीय सुजन गवचा र रामेछाप घर भई हाल भक्तपुर लिवाली बस्ने १६ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुले गत विहीबार चागुँनारायण नगरपालिका ७ स्थित एक घरमा भक्तपुर ईनासो र लिवालीकी १४ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ ।

एक वर्षमा हजार बलात्कार

नेपाल प्रहरीको तथ्याङक अनुसार आर्थिक बर्ष २०७३–०७४ मा एक हजार १ वटा जवरजस्ती करणीका घटना घटेका थिए । जुन गत आ.व २०७२–७३ को भन्दा ३८ घटनाले बढि हो । आ.व ०७२–७३ मा ९ सय ६३ वटा घट्ना घटेका थिए । त्यस्तै ०७१–७२ मा भने ९ सय ८१ वटा घट्ना घटेका थिए ।

यसैगरि, आर्थिक बर्ष २०७३–०७४ मा जर्वजस्ती करणी उद्योगमा ४ सय ८४ वटा घटना दर्ता भएका छन् । जुन २०७२–७३ को भन्दा ७२ ले बढि हो ।

सजाय के छ ?

बलात्कार सम्बन्धी मुलुकी ऐनको नयाँ व्यवस्थाले करणी सम्बन्धी कसूरमा कसैले जवर्जस्ती करणी गर्न नहुने भनिएको छ । जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी दण्ड सजाय हुने व्यवस्था छ ।

विधेयकमा यदि १० वर्ष भन्दा कम उमेरकी बालिका भए दश देखि पन्ध्र बर्षसम्म, दश वर्ष वा दश भन्दा बढी चौध वर्ष भन्दा कम उमेरकी बालिका भए ६ वर्ष देखि दश वर्षसम्मको कैद हुने भनिएको छ ।

यदि चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्ष भन्दा कम उमेरकी बालिका भए ६ वर्ष देखि दश वर्ष सम्म, सोह्र वर्ष वा सोह्र वर्ष भन्दा बढी अठार वर्ष भन्दा कम उमेरकी महिला भए पाँच वर्ष देखि आठ वर्षसम्म र अठार वर्ष वा अठार वर्ष भन्दा बढी उमेरकी महिला भए चार वर्षदेखि सात वर्ष सम्म कैद हुने भनिएको छ ।

मूलुकी ऐनको नयाँ व्यवस्था संसदबाट पास भएर कार्यन्वयनको चरणमा रहेको छ । यो कानुन २०७५ साल भदौ १ गतेदेखि लागू हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: