अनुहार हेरेर डिपे्रसन भएको कुरा ठहर गर्न सकिन्न है !


प्रकाशित मिति :2017-10-17 17:20:26

बेलायतको हल भनिने ठाउँमा बस्ने एक आमाले आफ्ना दुईवटा अलग तस्विरहरु देखाईन् । यसको उद्देश्य मानसिक स्वास्थ्यको रुप एउटै प्रकारको नहुने भनेर देखाउनु थियो ।

२४ वर्षिया अमिलिया स्मिथको आवरण र व्यवहारले मानिसहरु र स्वास्थ्यकर्मीहरुले समेत उनमा डिपे्रसन रोग लागेको कुरा थाहा पाउन सकेनन् ।

दस महिना अघि उनले सामाजिक संजालमा ‘सेल्फलभ ’ नामक पेजमा आफनो अनुभवको आधारमा जनचेतना फैलाउन खोलेको बताईन् ।

सोमबार अमिलियाले आफ्नो ईन्स्टागा्रम पोस्टमा लेखे अनुसार उनी १४ वर्षको उमेरमा आफू डाक्टरसँगं आफ्नो डिपे्रसन हटाउन सहयोग माग्न गएको तर सोचे जस्तो मद्दत नपाएको कुरा पोखिन् ।

‘तपार्इं आत्मघाति देखिनहुन्न ।’ ‘मलाई याद छ यी शब्दहरु डाक्टरले ममा आत्मघाति सोच आएको बेला भनेका थिए,’ उनले पोस्ट गरिन् ।

अमिलियालाई ‘अमान्य’, ‘लज्जास्पद’ र ‘दोमन’ भएको कुरा थपिन् ।

‘ती शब्दहरुले झन्डै मेरो ज्यान गयोे, ती दृष्टिकोणहरु, ती असान्दर्भिक शब्दहरु’ उनले भनिन् ।

ती दुवै फोटोहरुमा म आत्मघाति छु । मेरो दिमागमा आत्महत्या गर्ने सोच यी दुई दिनहरुमा नै आएका थिए ।

ती फोटोहरु २० हजार भन्दा बढिले मनपराएका थियो तर ती फोटोहरु उनको पहिलो फोटो भने थिएनन् ।

उनका १ लाख ६३ हजार फलोवर्सहरुले आप्mना अनुभवहरु बाँडेर डिपे्रसनसँगं लड्न सहयोग गरेका थिए ।

एउटा ईन्स्टाग्राम प्रयोगकर्ताले ४ सेप्टेम्बरको फोटोमा प्रतिक्रिया दिदैं भने, ‘मेरो हाकिमले भनेका थिए म डिपे्रसनको बिरामी जस्तो देखिन्न । मलाई कहिल्यै त्यस्तो वाइयात महसुश भएको थिएन । मैले यो पढें र रोएँ । यो बाँडेकोमा धन्यवाद ।’

अर्को प्रयोगकर्ताले भने, “म तपाईंको कुरा बुझ्न र भावनालाई महसुश गर्न सक्छु । चिकित्सकहरुले म केवल एक चरणमा पुगेको बताए ।”
एक प्रशिक्षार्थी चिकित्सकको छुट्टै जवाफ आयो ।

“दुर्भाग्यवश म धेरै जसो यस्तै कुरा सुनिरहेकोहुन्छु । यसका धेरै कारणहरु छन् तर यति हँुदाहुँदै पनि यो एउटा ठूलो समस्या हो । मैले यस्ता कुरा सुन्नासाथ म चैं त्यस्तो खालको चिकित्सक बन्दिन भनेर सोच्छु। ”

अमिलिया ती प्रतिकृयाहरुबाट अचम्म र भावुक भएको कुरा बताइन् ।

‘तपाईं यदि यो पढ्दै हुनुहुन्छ र मानसिक रोगबाट पीडित हुनुहुन्छ भने तपाईं एक्लो हुनुहुन्न । तपाईं माया, सहयोग र खुशीको लागि योग्य हुनुहुन्छ,’ उनले बिबिसीलाई भनिन् ।

‘आफ्नो साथी वा डाक्टरलाई सहयोग माग्नुहोस् । गाह्रो समय सधंै रहन्न तर दृढ व्यतिmहरु भने सधंै अटल रहन्छन् ।’

साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: