राष्ट्रपति बिद्यादेवी भण्डारी सुदूरपश्चिम भ्रमणमा


प्रकाशित मिति :2017-10-12 17:29:05

महिला खबर
काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारी दुई दिने सुदूरपश्चिम भ्रमणमा गएकी छिन् ।

राष्ट्रपति भण्डारी सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहेको प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयकुमार भट्टले जानकारी दिए ।

बुधबार डोटी पुगेकी राष्ट्रपति भण्डारीले आज बिहीबार बिहान खप्तडको भ्रमणपश्चात डोटी सदरमुकाम सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिरमा पूजाअर्चना गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई शैलेश्वरी मन्दिर क्षेत्रमा आयोजना गरिएको संक्षिप्त कार्यक्रममा नगरपालिकाका मेयर मञ्जु मलासीले ज्ञापन पत्र बुझाएकी छन् ।
मेयर मलासीले प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएकी हुन् ।

त्यसैगरी शैलेश्वरी मन्दिरमा रहेको खानेपानीको समेत टुटी खोलेर राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी थिइन् ।

कडा सुरक्षा व्यवस्थाकाबिच पनि राष्ट्रपति भण्डारीलाई हेर्न सर्वसाधारण महिलाको भिड लागेको थियो ।

बिहीबार सुदूरपश्चिम पृतना राजपुरमा बास बसेकी राष्ट्रपति भण्डारी आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको ७ नं प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: