एनआरएनको अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी दिने


प्रकाशित मिति :2017-10-12 16:38:09

-महिला खबर-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङलले उम्मेदवारी घोषणा गरेकी हुन् ।

लमजुङमा जन्मिएकी गुरुङ २०४७ सालमा श्रीमान (शेष घले) सँगै पढ्नका लागि अष्ट्रेलिया गएकी थिइन् । अष्ट्रेलियाको एमआइटी कलेजमा समेत उनी कार्यकारी निर्देशक छिन् ।

के के छन् गुरुङ्का प्रतिवद्धता ?

पत्रकार सम्मेलनमा जमुनाले एनआरएनको अध्यक्ष पदमा जितेमा विभिन्न कामहरु गर्ने प्रतिवद्धता समेत सार्वजनिक गरेकी छिन् ।

घलेले महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमा भित्र सम्पन्न गराउन, संस्थाको मार्गदर्शक दुष्टिकोण ‘भिजन २०२० एण्ड वियोण्ड’ लाई सफल कार्यान्वयन गराउन, एनआरएनएका हरेक एनसीसीलाई आर्थिक कुटनीतिकको भूमिका निर्वाह गर्न र नेपाललाई समृद्धिको बाटोमा लैजाने बाटोमा इटा थप्न, नेपाल सरकारका विभिन्न निकाय, सरकारी एवं गैरसरकारी संस्थासँग संघले गरेको सम्झौलाई कार्यान्वयन गर्न, वैदेशिक रोजगारीको क्षेत्रमा महिला श्रमिक वर्गको (खासगरी मध्यपूर्वका) हितमा बढि केन्द्रीत हुने जस्ता एजेण्डा प्रस्तुत गदै आफ्नो उम्मेदवारी घोषणा गरकी हुन् ।

एनआरएनए अध्यक्ष शेष घलेकी श्रीमती गुरुङ अष्ट्रेलियाको महिला धनाढ्य सूचीमा ७ औं नम्बरमा छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: