दोलखामा वाल विवाह मुख्य चुनौती


प्रकाशित मिति :2017-10-11 17:18:56

-सर्मिला बुढाथोकी-

दोलखा÷दोलखा जिल्लामा बाल अधिकार मुख्य चुनौतीको रुपमा रहेको एक कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेका छन् । त्यसका साथै महिला अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार र सुरक्षित आवासको अधिकार अहिले मानव अधिकारको लागि चुनौतीको रुपमा रहेको पनि उनीहरुको भनाइ ।

राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको मानव अधिकार प्राथमीक क्षेत्र निर्धारण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले बालबालिकाको अधिकार, महिलाको अधिकार, स्वास्थ्यको अधिकार जस्ता विषयमा सबैले गम्भीरतापूर्वक ध्यान दिनु पर्ने बताए ।

प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दोलखा जिल्लामा बाल अधिकारभित्र पनि वाल विवाह, वाल श्रम जस्ता विषय र महिला हिंसाको विषय गम्भीर रहेको उल्लेख गर्दै त्यसको अन्त्यको लागि प्रहरीले सक्रियतापूर्वक काम गरिरहेको बताए । उनले दोलखा जिल्लामा अहिले पनि तीन वटा बालविवाहको मुद्धा प्रहरी कार्यालयमा चलिरहेको र महिला हिंसाका घट्नाको अन्त्यको लागि प्रहरीले घरेलु मदिरा नियन्त्रण, लगायतका अभियान सञ्चालन गरिरहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: