महिला उद्यमी महासंघको अध्यक्षमा रिजाल निर्विरोध


प्रकाशित मिति :2017-10-11 15:53:21

–महिला खबर–

काठमाडौं । महिला उद्यमी महासंघको अध्यक्षमा शारदा रिजाल निर्विरोध निर्वाचित भएकी छन् ।

हिजो भएको महासंघको १४ औं वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । राजधानीमा भएको साधारण सभाले रिजालको नेतृत्वमा १९ सदस्य मध्ये १८ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासंघको अध्यक्ष पदमा शारदा रिजालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

रिजाल वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष थिइन् । महासंघकी कार्यकारी सदस्य मनिषा घिमिरेले सहमतिका लागि अध्यक्ष पदमा दिएको उमेदवारी फिर्ता गरेपछि रिजाल निर्विरोध निर्वाचित भएकी हुन् ।

आज भएको द्वितीय उपाध्यक्षको निर्वाचनमा निरु रायमाझी विजयी भएकी छन् । त्यसैगरी, नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रिता सिंह, तृतीय उपाध्यक्षमा शोभा ज्ञवाली, महासचिवमा दर्शना श्रेष्ठ, सचिवमा सुनिता वैद्य श्रेष्ठ र कोषाध्यक्षमा हजुरी विष्ट निर्विरोध चयन भएका छन् ।

महासंघको कार्यसमिति सदस्यमा वर्तमान सदस्यहरूलाई निरन्तरता दिइएको महासंघले जनाएको छ ।

झन्डै १० महिनाअघि वर्तमान अध्यक्ष भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएपछि नयाँ नेतृत्व चयन भएको महिला उद्यमी महासंघले जनाएको छ ।

आज एक कार्यक्रम गरेर वर्तमान नेतृत्वले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: