सिफारिसमा समेत परेनन् महिला


प्रकाशित मिति :2017-10-11 15:26:38

-रुजु खतिवडा- 

पाँचथर । आगामी मंसीर १० गते हुने संघीय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु गरेको प्रत्यक्ष उम्मेदवार सिफारिसमा एक जना महिला समेत परेका छैनन् ।

तीन ठुला दल कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरुले उम्मेदवार सिफारिस गरेर प्रदेश कमिटिमा पठाइसकेका छन् ।

पाँचथरको संघीय प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुई सिटका लागि प्रत्यक्ष तर्फ तीन ठुला दलदेखि साना दलहरुले गरेको सिफारिसमा एक जना महिलाको नाम समेत सिफारिसमा परेको छैन ।

पाँचथरमा सबै पार्टीले प्रत्यक्ष तर्फ पुरुषको नाममात्र सिफारिस गरेका छन् भने समानुपातिक तर्फमात्र महिलाको नाम सिफारिसमा परेको छ ।

नेपाली कांग्रेस पाँचथरले पुरुष आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । नेकपा (एमाले) पाँचथरले संघीय प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाममा सहमति जुटाएको छ भने प्रदेश सभा सदस्य पदका आकांक्षीहरुको नाम प्रदेश कमिटीमा पठाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष तर्फका तीनै जना उम्मेद्वार सर्वसहमत छनौट गरेको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, संघीय लिम्बुवान मञ्च लगायत दलहरुले पनि जिल्ला स्तरमै उम्मेद्वारको नाम टुङ्ग्याएका छन् । तर, कुनैपनि पार्टीले संघ र प्रदेशको प्रत्यक्ष उम्मेदवारमा महिलाको नाम सिफारिस गरेका छैनन् ।

प्रत्यक्ष तर्फ सिफारिसमा समेत नपरेका महिलाहरुले समानुपातिकमा टिकट पाउँने सम्भावना कम भएको महिला नेताहरुले बताएका छन् ।

पहिलेदेखि पार्टीहरुमा पुरुषको हावि भएकाले महिलाहरुले प्रत्यक्षमा निर्वाचन लड्न क्षमता हुँदाहुँदै पनि स्थान पाउने सम्भावना नरहेको महिला अधिकारकर्मी विमला ढकालले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: