श्रीमतीलाई हत्या गर्ने श्रीमान नौ वर्षपछि पक्राउ


प्रकाशित मिति :2017-10-11 13:56:35

–महिला खबर–

काठमाडौं । आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरि फरार भएका एक अभियुक्तलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका सामाखुसी बस्ने ३५ वर्षीय संकेत श्रेष्ठ भन्ने सुक्रितमान श्रेष्ठलाई  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौंको कालिकास्थानबाट पक्राउ गरेको हो ।

श्रेष्ठले २०६६ साल कात्तिक २२ गते काठमाडौं महानगरपालिका गौरीघाट स्थित डेराकोठामा आफ्नै २२ वर्षीय श्रीमती नम्रता श्रेष्ठलाई आगो लगाएर हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्धाका फरार श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त गौशालामा बुझाइएको प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: