मुसुरोको दालका परिकार बनाउने बारे महिलालाई तालिम


प्रकाशित मिति :2017-10-10 14:51:33

-यमुना खनाल-

घरमै बसी बसी महिलालाई आय आर्जनमा लगाएर आत्म निर्भर बनाउने उद्देश्यले फरवाड नेपाल सिरहाले महिलाहरुलाई मुसुरोको दालका अन्य परकिारहरु बनाउन तालिम दिएको छ । साथै मुसुरोको दालको महत्व र यसको पौष्टिक महत्वका बारे पनि महिलाहरुलाई सचेतनामुलक तालिम दिएको फरवाड नेपाल सिरहाका जिल्ला संयोजक सुदर्शन बिष्टले जानकारी दिए ।

मुुसुरो दालबाट बुनिया, भुजीया, दालमोठ, कचेणी, चप, रोटी दाल फ्राई बेसन लगायतका परिकार बनाएर बिक्री गर्न सकिने र यसले महिलाहरुलाई आय आर्जनको काममा लगाई आर्थिक रुपमा आत्म निर्भर बनाउने बिषयमा तालिम प्रदान गरिएको हो ।

मुसुरोको दाल घरमै उत्पादन हुने र तालिमपछि यस्ता परिकार बनाएर साप्ताहिक हाटमा बिक्री गरी आत्म निर्भर बनाउन तालिमले सहयोग पुर्याउछ भन्छन्–तालिम आयोजक संस्थाका संयोजक सुदर्शन बिष्ट ।

यता व्यवसायिक रुपमै मुसुरो दालको खेती गर्दै आएकी लहान नगरपालिका पडरियाकी सरिता चौधरीले अहिलेसम्म मुसुरोलाई दालको रुपमा मात्र बेच्दै आएको बताईन् । तालिमबाट मुसुरोको परिकार बनाएर बिक्री गर्दा आमदानी लिन सकिने कुरा सिकेको उनले बताईन् ।

उनले एक किलो दाल बेचेर एक सय २० रुपैया आम्दानी लिने गरेको तर अन्य परिकार बनाउदा पाँच सय रुपैयासम्म आम्दानी लिन सकिने कुरा थाहा पाएको बताइन् ।

मुसुरोको दालको पौष्टिक महत्वका बारेमा पनि कार्यक्रममा तालिम प्रदान गरिएको छ । मुसुरो दाल नियमित खादा महिला, बृद्ध, गर्भवती महिला र नवजात शिशुको लागि महत्वपूण हुने बताइएको छ ।

गरिब बिपन्न परिवारले माछा मासु जस्तो पोसिलो खाने कुरा नियमित खान नसकेपनि मुसुरो दाल नियमित खान सक्ने हुँदा यसबाट माछा मासु बराबरको पोषण पाउन सकिने रहेछ भन्ने बारेमा पनि जानकारी दिएको बिष्टले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: