भारतीय महिलाहरुले जबरजस्ती टैटू बनाउन अस्वीकार गरे


प्रकाशित मिति :2017-10-10 14:20:54

-गीता पाण्डे- 

भारत । हिजो आज भारत तथा अन्य देशहरुमा टैटू खोप्नु÷बनाउनु स्वतन्त्रता तथा विद्रोहको चिन्हको रुपमा देखिन्छ । धेरै युवाहरुले आफ्नो पहिचान देखाउन टैटू बनाएका छन् ।

तर मेरो लागि, टैटू नबनाउने निर्णय मेरो बिद्रोहको रुपान्तर हो, मेरो यो एउटा कडा संघर्ष गरेर पाएको स्वतन्त्रताको दावी हो । “म त्यो बाटो हिडन चाहन्न” यो मेरो भन्ने तरिका हो ।

नाक र कान छेड्नुको साथ–साथै म टैटूको बारेमा सोच्दै हुर्के र यो महिलाहरुलाई दमन गर्ने प्रतीक हो । कारण मेरो आमाको केहि टैटूहरु छ । अनि मेरो हजुरआमाको त्यो भन्दा पनि धेरै थिए । तर, उनीहरुले यो बिषयमा केहि गर्न अथवा भन्न सक्दैनथे ।

उत्तर भारतको उत्तर प्रदेश राज्यमा धेरै ग्रामीण समुदायहरु छन्, जहाँ मेरो परिवार बस्छ । विवहित महिलाहरुले अनिर्वाय रुपमा टैटू खोप्नु पर्दछ । त्यहाँको भाषामा यसलाई ‘गोदना’ भन्दछन् ।

‘मेरो परिवारले भनेको यदी मैले टैटू खोपिनँ भने मेरो ससूराली (श्रीमानको घर) मा मैले दिएको पानी अथवा खाना कसैले खादैनन् । मलाई अपवित्र र अछुत मानिन्छ ।’ आमाले भन्नुभएको बाबाले एउटा पनि टैटू खोप्नु पर्दैन कारण ‘उ एक पुरुष हो ।’

१९४० सालमा उनी ११ बर्षको हुँदा वाल विवाह भएको थियो । विवाह भएको केहि हप्तापछि, छिमेकी वृद्ध महिलालाई बोलाएर टैटू खोप्न लगाएका थिए ।

उनका औजार अल्पविकसित थिएः सियो आगोमा तताएको थियो । तताएको सियोले छालामा खोपेर त्यसमा कालो रंग लगाएर टैटू खोप्थे ।

ती दिनहरुमा, दुखाइ कम गर्ने तथा खोपेको चाँडो सञ्चो हुने मलम थिएन । त्यसैले टैटू सञ्चो हुन महिना दिन लाग्थ्यो ।

सात दशकपछि मेरो आमाको टैटू केहि हदसम्म मेटिदै गएको थियो । तर, वाल्यावस्थामा भोगेको दुखाइ अहिलेसम्म पनि ताजा छ ।

उनले भनिन्, ‘टैटू खोप्दा म रोएकी थिएँ । टैटू खोप्ने व्यक्तिलाई मैले लात्ताले हानेकी थिएँ । अन्त्यमा उनले मेरो बाजेलाई गएर गुनासो गरेकी थिइन् । उनले म समस्या हो भनेकी थिइन् ।’

उनलाई पाखुरामा खोपेको सोना बुट्टाहरुको अर्थ थाह छैन र मैले पनि बुझिनँ । उनले भनिन्, ‘सायद यो फूल पाती होला ।’

लखनउ विश्व विद्यालयका सामाजिक मानवशास्त्री केया पाण्डेले टैटूको विषयमा भारतका ग्रामीण तथा आदिवासी माथि बृहत अनुसन्धान गर्दा धैरै बुट्टेदार वनस्पति तथा फूलका डिजाइनहरु टैटूमा उतारिएका थिए ।

सूचीमा श्रीमान्को तथा बाबाको नाम, अथवा गाउँ, टोटीम ९तयतझक० तथा अरु सांस्कृतिक प्रतिकहरु तथा वंशको पहिचान र भगवान तथा स्थानीय देवताको प्रतिमाहरु धेरै थिए ।

केया पाण्डेले भने ‘भारतका सबै ग्रामीण संस्कृतिमा टैटू खोपेको पाइन्छ र लाखौं ग्रामीण महिलाहरुमा टैटू भएको अनुमान लगाउन सकिन्छ ।’

कुनै–कुनै समुदायहरुमा, बिषेशगरि आदिवासीमा महिला पुरुष दुवै जनाले टैटू खोपेका छन् ।उनले भने ‘यो पहिचानको प्रतिक हो, जीवन र मरेपछिसम्मको लागि । यसको धारणा के हो भने, जब तिमी मरेर जान्छौं, तिम्रो आत्मा स्वर्ग तथा नर्कमा जान्छ र तिमीलाई कहाँबाट आएको ? भनेर सोध्दा तिमीले तिम्रो टैटूबाट आफ्नो पूर्वज पत्ता लगाउन सक्छौं’

त्यहाँ यस्तो समूदायहरु पनि छन् जहाँ महिलहरुले आफ्नो सुन्दरताको निम्ती टैटू खोप्छन्– यद्यपि यस्ता उदाहरणहरु पनि छन्, जहाँ प्रभावशाली पुरुषहरुबाट यौन दुव्र्यवहारबाट बच्नको निम्ती तल्लो जातीका महिलाहरुले आफूलाई नराम्रो तथा कम इच्छा भएको देखाउन टैटू बनाएका हुन्छ ।

मेरो आमा र हजुरआमाको निम्ती टैटू एउटा पवित्रताको प्रतिक हो । महिलाले जबसम्म त्यो पिडादायी शुद्विकरण धर्मविधि गर्दैन, तबसम्म उ पितृसत्तात्मक समाजमा सेवा गर्न नपाउने धारणा हो । तै पनि यो अभ्यास हराउँदै जादैछ र धेरै युवतीहरु ब्राण्ड हुन अस्वीकार गर्दैछन् ।

भारतका ग्रामीण र आदिवासीहरुमा आधुनिकता, विकास र बाहिरी संसारसित सम्पर्कले गर्दा बिस्तारै परिवर्तन भइरहेको छ ।

पाण्डे भन्छन्, ‘परम्परागत र लोक गीत संशोधित हुँदैछ र गाउँका केटीहरुमा टैटू बनाउन इच्छा छैन ।’

वटरएड भारतका प्रग्या गुप्त भन्छन्, ‘किशोरावस्था पुगेपछि टैटू खोप्न सुरु गर्छ । जब तिनीहरुले पहिलो चोटी निधारका खोप्छ र केहि बर्षपछि शरीरका मुख्य भागहरु बाहेक धेरै जसो भागमा एकपछि अर्को गर्दै खोप्दै जान्छ ।’

सडकको सुधार भएपछि, टेलिभिजन र मोबाइल फोन आएपछि वालबालिकाहरु पाठशाला जान थाले, धैरैले परम्पराको नाममा चलेका कुराहरु नकार्न सुरु गरे ।

गुप्त भन्छन्, ‘मैले यी १५ बर्षीय अनितालाई भेटेँ । उसको निधारमा टैटू बनाएको छ र उनले भनिन्–यो साह्रै पीडादायी छ र उ अब कहिलेपनि अर्को बनाउन चाहदैन । उसकी ४० बर्षीया आमाको शरीर भरि टैटू छ ।’ अनिताको बिरोधलाई उनकी आमाले समर्थन गरेकी छिन् ।

उनले भने ‘म अशिक्षित थिएँ र मैले आमाबाबाले जे भन्नुभयो चुपचाप माने । तर कोही पाठशाला जान्छ र यदी उसलाई टैटू खोप्नु छैन भने त्यो ठिकै छ ।’

हालैका बर्षहरुमा पश्चिमी सिनेमा खेल्ने अभिनेताहरु र रंग संगितकारहरुको प्रभावले गर्दा शिक्षित, धनी सहरमा बस्ने भारतीयहरुले टैटू खोप्न सुरु गरेका छन् । मेरा धेरै साथीहरुले पनि टैटू खोपेका छन् । तर मेरा लागि, सांस्कृतिक सम्पदाले गर्दा टैटू सामाजिक बन्धन हो… दमनकोे चिन्ह हो ।
साभारः बिबिसीबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: