भुकम्प पीडित महिलाहरुको दुखेसोः घर बनाउने युवा छैनन्, तेस्रो दसैं पनि टहरामै बित्यो


प्रकाशित मिति :2017-10-08 13:50:47

महिला खबर

दोलखा । भुकम्पले भत्किएको घर तीन बर्ष बितिसक्दा पनि बन्न नसक्दा दोलखाका धेरै भुकम्प पीडितहरुको यो दसैंै पनि टहरामै बित्यो ।

सरकारले दिने अनुदान रकमको पहिलो किस्ता ५० हजार हातमै भए पनि श्रीमानसंगै नभएका कारण समयमै घर बनाउन नसक्दा दोलखाका धेरै महिलाको यस पटकको दसंै पनि टहरामै बितेको हो ।

‘सरकारले दिने अनुदान रकमको पहिलो किस्ता ५० हजार पनि लिईसके, प्राविधिक सहयोग पनि पाए । तर, श्रीमानसंगै नभएका कारण घर बनाउने डकर्मी लगायतको व्यवस्थापन गर्न नसक्दा यो बर्षको दसंै पनि टहरोमै मनाइयो’ तामाकोसी गाउँपालिका वडा नम्बर–१ भिरकोटकी नानु बुढाथोकी केसीले बताईन् ।

‘भुकम्पले धेरैैका घर भत्किए, घरमा पुरुष हुनेहरुले धमाधम घर बनाए । तर, आफ्नो श्रीमान नहुँदा घर बनाउने सपना अधुरै छ’ सानुले भनिन् ।

‘घरको अवश्यकता त सधैं हुन्छ । तर, चाड पर्वले घर नहुँदाको पीडा झनै बल्झाउने रहेछ ।’ नानुले भनिन्, ‘जस्ताको तातोले पकाएको खाने कुरा छिट्टै बिग्रन्छ । पाहुना पनि बस्ने ठाउँ छैन भनेर आएनन्् । आफू पनि आफ्नै जस्तो समस्या त होला भनेर जानै पर्ने ठाउँमा पनि रात बस्ने गरी जान मन लागेन ।’

बैदेशिक रोजगारमा गएका श्रीमान घरमा नहुँदा घर बनाउने मेलोमेसो पहिल्याउन नसकेको नानुको भनाई छ ।

भिरकोटकै राधिका काफ्लेको परिवारले पनि अहिलेसम्म अस्थायी टहरोमै जेनतेन गुजारा चलाइरहेको छ । ‘घर हुँदा माटो कमेरो गरेर घर उज्यालो हुन्थ्यो । अहिले त टहरोको बास छ’ राधिकाले भनिन् ।

घर नभएपछि त चाडवाड आएको सहसुस समेत भएन रे राधिकालाई यसपटक । ‘गाउँका काम गर्न सक्ने युवाहरु रोजगार र अन्य कारणले अन्यत्र गएका छन् । महिला मात्रैलाई घरभित्र र बाहिर सबैतिरको काम गर्न नभ्याउने भएकोले घर बनाउन समस्या भएको छ’ राधिकाले प्रष्ट्याइन् ।

तामाकोसी गाउँपालिकाकी कुमारी तामाङ्ले पनि अस्थायी टहरोमानै दसैं मनाईन । ‘गाउँमा काम गर्ने मानिस नपाएपछि जिल्ला बाहिरका कामदारसँग कुरा गरेको छौं ।’ कुमारीले भनिन्– ‘यो दसंैं टहरामा मनाइयो । अर्को दसैं आफ्नै घरमा मनाउने योजना छ ।

पुनर्निर्माण प्राधिकरण दोलखाको तथ्याङ्क अनुसार दोलखामा ५१ हजार (रातो कार्ड अनुसार झण्डै ८५ हजार) घर भुकम्पबाट क्षतिग्रस्त भएका थिए । भुकम्प गएको तीन वर्षमा करिब १५ हजार घर मात्रै पुनर्निर्माण भएको पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले जनकारी दिए ।

पुनर्निर्माण हुन बाँकी रहेका घरहरुमा कतिपय घरका पुरुष रोजगारीको लागि विदेश गएकोले पनि समस्या देखिएको आचार्यले बताए ।

‘श्रीमानको नाममा भुकम्प पीडित कार्ड बनेका छन् । तर, कार्डवाहक श्रीमान विदेश भएकोले सम्झौता गर्न ढिला भएर पनि कतिपयको घर बन्न सकेको छैन ।’ आचार्यले भने, ‘यस्तै पुरुष नहुँदा कतिपय महिलालेमात्र सबै काम गर्न समस्या भएकोले पनि घर बन्न नसकेका हुन् ।’
तस्विरः भुकम्पपीडित राधिका काफ्ले आफ्नो टहरा अगाडि ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: