भारतका कोठीमा बेचिएका एक महिला र तिन बालिकाको उद्धार


प्रकाशित मिति :2017-10-06 15:38:27

–महिला खबर–काठमाडौं । सामाजिक संस्था के.आई नेपालले भारतका कोठीबाट तिन बालिका र एक महिला गरि चार जनाको उद्धार गरेको छ । मुम्वइस्थित एक कोठीबाट तिन जना बालिका र दिल्लीको एक कोठीबाट एक महिला गरि चार जनाको उद्धार गरिएको के. आई नेपालले जानकारी दिएको छ ।

के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईकानुसार उद्धार गरिएका बालिकाहरु मुम्बईको एक गैर सरकारी संस्थामा पुनस्र्थापना गरिएको छ । यसैगरी हिजोमात्र दिल्लीको एक कोठीबाट उद्धार गरिएकी चितवनकी एक महिलालाई भारतस्थित नेपाली दुतावाससँगको समन्वय र सहकार्यमा नेपाल ल्याउने तयारी भइरहेको छ ।

देशका विभिन्न ६ वटा शाखा कार्यालय (मोरङ्ग, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु, बाँके) मार्फत विभिन्न मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्य गर्दै आइरहेको उक्त संस्थाले नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्धत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: