५४ सदस्यीय मन्त्रीमण्डलमा ९ जना मात्रै महिला


प्रकाशित मिति :2017-09-11 15:02:15

-महिला खबर-

काठमाडौं । प्रधानमन्त्री  शेरबहादुर देउवा सरकारको ५४ सदस्यीय मन्त्रिपरिषद‌मा १६ प्रतिशत मात्र महिला आएका छन् ।
पाँचौ पटक मन्त्रिमण्डल विस्तारसम्म आइपुग्दा ५४ सदस्यीय मन्त्रीमण्डलमा ९ जना मात्र महिला परेका हुन् । जसमा ३ जना मन्त्री र ६ जनालाई राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।

दोस्रो पटक मन्त्रीपरिषद् विस्तारमा तीन महिलालाई मन्त्रीको जिम्मेवारी दिएको थियो । जसमा कांग्रेसबाट सहकारी तथा गरीबी निवारण मन्त्रीमा अम्बिका बस्नेत, महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा माओवादी केन्द्रबाट आशा कोइराला र जनसंख्या तथा वातावरण मन्त्रीमा नेकपा संयुक्तबाट मिथिला चौधरी परेका थिए ।

त्यस्तै चौथो पटकको मन्त्रीमण्डल विस्तारमा कांग्रेसले पाँच महिलालाई राज्य मन्त्रीको जिम्मेवारी दिइएको थियो । जसमा कृषि विकास राज्यमन्त्रीमा सरिता प्रसाईं, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा सीता गुरुङ, सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीमा चम्पादेवी खड्कालाई जिम्मेवारी दिएको छ ।

यस्तै फोरक लोकतान्त्रिकबाट संस्कृति, पर्यटन तथा नागरक उड्डयनमा सुमित्रा थरुनी, भूमिसुधार तथा व्यवस्थ राज्य मन्त्रीमा यशोदा कुमारी लामा र पशुपंक्षी विकास राज्य मन्त्रीको जिम्मेवारी गोमा कुँबरलाई दिईएको छ ।

सरकारमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने माग राख्दै महिला सांसद समन्वय समितिले दवाव दिदैँ आएपनि सोमबार पाँचौ पटक मन्त्रिपरिषद‌ विस्तार गर्दा एक जना पनि महिला मन्त्री पारेनन् । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीन मन्त्री थपेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

होचो कद तर अग्लो आचरणका श्रीमान

ज्याक स्कुटर हाँक्छन् । यशोदा पछाडि बस्छिन् । सँगसँगै घुम्छन् । डुल्छन् । अनि रमाइलो

आप्रवासीका श्रीमतीमा एचआइभी संक्रमण दर घटेन

–महिला खबर– एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको छ

फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट

‘फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र

औषधि किन्ने पैसा नहुँदा नवजात जुम्ल्याहा शिशुको ज्यान खतरामा

–महिला खबर– जन्मिने मिति भन्दा २ महिना अघि नै जन्मिएका कारण शिशुको फोक्सोको विकास भएको छैन

महिलाको स्वरुप बिगार्ने विज्ञापन

रमिता खतिवडा नेपाली मूलधारका मिडियामै महिलाहरूलाई अत्याधिक मात्रै होइन, अनावश्यक र गलत ढंगले प्रस्तुत गरिएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: