‘हामी सक्षम छौं’ विमान चालक जेसिका


प्रकाशित मिति :2017-09-08 16:00:40

–महिला खबर संवाद–

उड्नको लागि पखेटा होइन, आँट र हौसला चाहिन्छ भन्ने भनाईलाई सार्थक तुल्याउने अमेरिकी युवती हुन जेसिका कक्स । सन् १९८३ मा अमेरिकाको अरिजोना राज्यमा जन्मिएकी कक्सको जन्मदै दुवै हात थिएन । कृत्रिम हातको साहरा पनि उनले १४ वर्षको उमेरदेखि पाइन। उनी खुट्टाले विमान उडाउँछिन्, खुट्टाले नै गाडी चलाउँछिन् । प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् ।

लामो संघर्ष पश्चात १० हजार फिटमाथि प्लेन उडाएर वल्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाइ सकेकी छिन् । उनले ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्धभावनादूत जेसिकाले साइकोलोजीमा स्नातक गरेकी छन् । उनी अमेरिकन तेक्वान्दो एसोसिएसनकी व्ल्याक बेल्ट समेत हुन् । सेप्टेम्बर पहिलो साता नेपाल भ्रमणमा आएकी उनै साहसी जेसिकासँग महिला खबरले गरेका यो संवाद ।

 नेपाल भ्रमणमा आउनुको उदेश्य के हो ?

मेरो उदेश्य नै नेपालको स्थलगत अध्ययनका साथै अपाङगता भएका व्यक्तिलाई अभिप्रेरणा गर्ने हो । नेपालमा पनि धेरै अपाङ्गता भएका व्यक्तिहरु छन् । उनीहरुलाई थप जागरुक बनाउनु मेरो उदेश्य हो । मैले अपाङ्गता भएका व्यक्तिसँग भेट्न, कुरा गर्न, अनुभव साटासाट गर्नै मौका पाए । खुसी छु ।

तपाई विश्वकै शक्तिशाली र सम्पन्न देशमा अमेरिकामा जन्मनुभएको व्यक्ति, अमेरिका र नेपालका अपाङ्गता भएकाहरुको फरक समस्या के हो ?

मैले धेरै देशहरुको भ्रमण गरि सकेको छु । जहाँ अपाङ्गता भएका व्यक्तिहरुको अवस्था फरक–फरक छन् । पछिल्लो समय नेपाल लगायत विकाशोन्मुख देशहरुमा अपाङ्गता भएका व्यक्ति विस्तारै संगठित हुँदैछन् । उनीहरुको आवाज बाहिर आउँदैछ । उनीहरुले केही भएपनि अधिकारहरु पाउँदैछन् । तर अमेरिका लगायत विकसित देशहरुमा भने अपाङ्गता भएका व्यक्तिहरुले पहिले देखि नै आफ्नो हक, अधिकारका बारेमा आवाज उठाइसकेका छन् । त्यसैले उनीहरुले आफ्नो हक, अधिकार पाइसकेको अवस्था छ ।

नेपालका अपाङ्गता भएकाहरुको अवस्था कस्तो पाउनुभयो ?

मैले भ्रमणका क्रममा काठमाडौं लगायतका स्थानका अपाङ्गता भएका व्यक्तिहरुसँग भेट्ने अवसर पाए । नेपालमा अपाङ्गता भएका व्यक्तिलाई केही भेदभाव पनि छ । सबै अपाङ्गता भएका व्यक्तिहरुलाई राज्य र समाजले अवसर दिन सकेको छैन । तर पनि उहाँहरुले गरेको काम राम्रो छ ।
अपाङ्गताका क्षेत्रमा विभिन्न संघसंस्थाहरुको स्थापना भएको छ । अपाङ्गता भएका व्यक्तिहरुले पनि धेरै काम गर्न सकेको पाए । उहाँहरुको अवस्था सकारात्मक तिर गइरहेको पाए ।

तपाई हात नभएर पनि खुट्टाले प्लेन, गाडी चलाउनुहुन्छ, तपाईको यो सफलताबाट आम अपाङ्गता भएकाहरुलाई के प्रेरणा लिन सकिन्छ ?

हामी सक्षम छौ । हामीमा पनि प्रतिभा छ । हामी त्यसलाई प्रफुष्ट गर्न चाहन्छौँ । हामीलाई कसैले अनुमति नलिइकन कमजोर भन्न पाउँदैनन् । त्यसैले हामीले हाम्रो लक्ष्य निर्धारण गरेर अगाडी बढ्नुपर्छ ।

 यसरी प्लेन उडाउँछु भनेर कुनै दिन सोच्नु भएको थियो ?

ममा आत्मविश्वास थियो । मेरो लक्ष्य थियो । त्यसैले मैले तीन वर्ष सम्म अथक प्रयास गरे । त्यसैले मैले खुट्टाले विमान उडाउने पहिलो व्यक्तिको रुपमा गिनीज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भए । मैले लगातार ८९ घण्टा विमान उडाएको अनुभव छ ।

 तपाई जस्ता शारारिक अपाङ्गता भएकाहरुलाई के सुझाव दिनुहुन्छ ?

समय लाग्न सक्छ । अपाङ्गता भएका व्यक्तिले आफ्नो आवाज उठाउँदै जाने हो भने अवश्य सफलता पाँउन सकिन्छ । अपाङ्गता भए भनेर हरेश खानु हुँदैन् । अगाडी बढ्नुपर्छ । संगठित हुनुपर्छ । हामी अपाङ्गता भएका व्यक्तिहरुले अन्य व्यक्तिहरुसँग भेटेर हाम्रो भावना, उर्जा सफलतालाई साटासाट गरेर क्षमतावान बन्ने प्रण गर्नुपर्छ । मलाई पनि पहिले धेरै गाह्रो भएको थियो । तर अहिले म सजिलै लेख्न सक्छु । कम्प्युटरमा टाइप गर्न सक्छु । दैनिक जीवनमा हरेक कामहरु अरु व्यक्तिहरु सरह गरिराखेको छु ।

 सवैभन्दा ठूलो कुरा आत्मबल रहेछ भन्ने तपाईबाटै प्रमाणित हुन्छ, यदापि अपाङ्गता भएकालाई अघि बढ्न राज्य, घर परिवार र स्वंयम अपाङ्गता भएकाले के गर्नुपर्छ ?

समाजका हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समावेश गर्नुपर्छ । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषयमा अवसर दिनुपर्छ । उनीहरुको आवश्यकतालाई वेवास्था गर्नुहुँदैन । उनीहरुलाई पनि अरु मान्छे सरह बाँच्ने, जीवन जीउने रहर हुन्छ । उनीहरुलाई राज्य, घर परिवारले विशेष सहयोग गर्नुपर्छ ।

(हेन्डीक्याप इन्टरनेशनल नेपाल कार्यक्रमका सूचना अधिकृत प्रहलाद गैरेपालीको सहयोगमा सन्दिप वि.कले गर्नुभएको कुराकानी )।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: