अखिल क्रान्तिकारीको उपमहासचिवमा आशा निर्विरोध


प्रकाशित मिति :2017-09-01 12:47:12

–महिला खबर–

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रन्तिकारी) को छात्रा उपमहासचिवमा आशा तमु निर्विरोध निर्वाचित हुनुभएको छ ।  काठमाडौंमा भएको २१ औं महाधिवेशनबाट तमु निर्विरोध निर्वाचित हुनुभएको हो ।

यस्तै केन्द्रीय सदस्यमा अम्बिका भुजेल, देवकी कार्की, जलजला कार्की, सुस्मा रेग्मी, इन्दिरा पुरी, अर्चना तामाङ, विनु खड्का, मुना कपारी, पार्वती शर्मा निर्विराध निर्वाचित हुनुभएको छ । अन्य नयाँ नेतृत्वको लागि भने मतगणना जारी छ । शुक्रबार साँझसम्म मतपरिणाम आइसक्ने सचिवकी उम्मेदवार स्मृति अधिकारीले जानकारी दिनुभयो ।

नयाँ नेतृत्वको लागि महिलाहरुबाट महासचिवमा राजेश्वरी सुवेदी, सचिवमा छात्रा कोटामा स्मृति अधिकारी, भीमकुमारी प्रधान, प्रविणा अधिकारी, एलिसा थापा, गंगा दाहाल, वसन्ता कटुवाल, जस्मिन रेग्मी चुनावी मैदानमा उत्रिएका छन् । अधिवेशनले ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति चयन गर्दैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: