गृहमन्त्रीको पहलमा कुवेतमा बेचिएकी बिमलाको उद्धार


प्रकाशित मिति :2017-08-08 12:08:52

-महिला खबर-

काठमाडौं । चार महिना अघि कुवेतमा बेचिएकी पाँचथरकी बिमला न्यौपानेको गृहमन्त्री जनार्दन शर्माको पहलमा उद्धार भएको छ ।शर्मा गृहमन्त्री भए लगातै गहृ मंन्त्रालयमा स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा बिमलाका श्रीमान नवीन शर्माले साउन १२ गते उजुरी दिएका थिए । उजुरीपछि बिमलाको उद्धार प्रक्रिया सुरु भएको थियो ।

उजुरी हालेको एक हप्ता अर्थात साउन १९ गते बिमलालाई उद्धार गरी काठमाडौं ल्याइएको थियो । काठमाडौ आएपछि बिमलाले साउन २० गते गृह मन्त्रालय पुगेर मन्त्री शर्मासँग भेट गरेकी छन् । २०७३ चैत्रमा जोर्डन जान झापाबाट अन्तर्वार्ता दिन काठमाडौं हिडेकी बिमलालाई दलालले भारतको सिलगुढी बागडुरा एयरपोर्टबाट दिल्ली हुँदै कुवेत पु¥याएको श्रीमान नविनले बताए ।

नविनका अनुसार बिमलालाई खान समेत नदिएर भोकै काम गर्न बाध्य पारिएको थियो । घरमा फोन गर्दा फोन समेत फुटाईदिएको नविनले बताए । ‘उनलाई खान समेत नदिएर कुटपिट भएको रैछ । फोन समेत फुटाइदिएकाले २ महिना उनी सम्पर्क विहिन थिइन् । सोही ठाउँमा काम गर्ने एक जना बहिनीको सहयोगमा उनी पिडामा छिन् भन्ने थाहा पाएपछि उजुरी हालेको हो ।’ नविनले भने ।

शुरुमा जिल्ला प्रहरी कार्यालयले उजुरी लिन नमानेपछि उनी सिधै गृह मंन्त्रालयमा पुगेका थिए । ‘प्रहरीले उजुरी लिनै मानेन । त्यसैले सिधै गृह मंन्त्रालय पुगेर उजुरी गरे ।’ नविनले भने ।नविनले श्रीमतीलाई कुवेत पु¥याउन भक्तबहादुर बिष्ट, सहदेव गिरि र कुवेतमै रहेकी दलाल मुना मगरको हात रहेको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: