जिल्लाको एकमात्रै शल्यक्रिया सहितको प्रसुति सेवा बन्द : सुत्केरी हुन आउनेलाई सास्ती


प्रकाशित मिति :2017-08-07 15:55:37

-अप्रिल अधिकारी-

रामेछाप । रामेछाप जिल्लामै पहिलो पटक प्राथमिक सेवा केन्द्र मन्थलीमा सञ्चालन भएको शल्यक्रिया सहितको प्रसुति सेवा सञ्चालनको १५ महिना बित्न नपाउदै सेवा बन्द भएको छ ।सेवा बन्द भए पछि सुत्केरी महिला मारमा परेका छन् । यो सेवा बन्द भएसँगै जिल्लामा जटिल प्रसुती गराउने स्वास्थ्य केन्द्र नहुँदा गर्भवती र सुत्केरी हुने महिला समस्यामा परेका हुन् ।

२०७३ बैशाख महिनाबाट संचालनमा आएको सो सेवा असार मसान्तबाट बन्द भएको हो । यसअघि स्वास्थ्य मन्त्रालय अन्तर्गत केन्द्र सञ्चालन भएको थियो । चालु आर्थिक वर्षबाट सेवा सञ्चालनको जिम्मा मन्थली नगरपालिकाले लिने कि जिल्ला स्वास्थ्य कार्यलयले लिने भन्नेमा अन्यौलता हुँदा केन्द्र सञ्चालनमा समस्या निम्तिएको हो ।

बन्द अवस्थामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीको प्रसुती शल्यक्रिया कक्ष ।

चालु आर्थिक वर्षमा भने केन्द्रको सञ्चालनको लागि बजेट विनियोजन नहँुदा सेवा बन्द गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रकी चिकित्सक निलिजा शाक्यले जानकारी दिनु भयो । यही अन्यौलता बीच स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयले नै सेवा संचालन गर्ने जिम्मेवारी दिइ सकेको समेत उहाँले जानकारी दिनु भयो ।

विभागले सेवा संचालन गर्ने त भन्यो तर बजेट निकासा भने हुन नसकेको उहाँले जानकारी दिनु भयो । केन्द्रमा बजेट नभएपछि कर्मचारीले समेत काम छोडिसकेका छन् । नयाँ कर्मचारी ल्याउन सुचना निकालेर कर्मचारी व्यवस्थापन गर्नु पर्ने अवस्था रहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

सेवा सञ्चालनले करिव एक बर्षको अबधिमा प्रसुतिका लागि काठमाडांै जाने महिलाको संख्यामा समेत कमी आएको थियो । सेवा बन्द भएको २३ दिनको अवधिमा केन्द्रमै सुत्केरी गराउन सकिने अवस्थाका २० जना गर्भवतीलाई सुत्केरी हुन काठमाडौं रिफर गर्नु परेको चिकित्सक शाक्यले जानकारी दिनु भयो ।

सेवा बन्द भएपछि जिल्लाका विभिन्न बर्थिङ सेन्टरबाट जटिल प्रसुतीका लागि टेलिफोन आउँदा सिधै काठमाडौं रिफर गर्न निर्देशन दिनु परेको शाक्य बताउनु हुन्छ । हाल जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र मन्थली सहित ३० स्थानमा बर्थिङ सेन्टर संचालनमा रहेका छन् ।जिल्लामा संचालनमा आएको २४ घण्टे आकस्मिक शल्यक्रिया सहितको केन्द्रबाट १५ महिनाको अवधिमा १ सय २६ जनाले लाभ लिएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: