समाचार प्रभाव :‘पाँच वर्षको संघर्षपछि विमलाले नागरिकता पाईन्’


प्रकाशित मिति :2017-08-07 15:19:58

-महिला खबर-

काठमाडौं । धादिङको दार्खा गाउँपालिका –४ की बिमला नेपालीले पाँच वर्षको संघर्ष पछि वशंजको आधारमा नागरिकता पाएकी छन् । बिमलाले २०७३ फागुन १८ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट बुबा मानबहादुर दमाईको नामबाट नागरिकता पाएकी हुन् । पटक पटक नागरिकताका लागि जिल्ला प्रशासन धाएकी विमलालाई विवाहित महिलाले श्रीमानको नामबाट नागरिकता लिनुपर्छ भन्दै फिर्ता पठाइएको थियो ।

विमलाले नागरिकता नपाएको समाचार महिला खबर डट कमले २०७३ मंसिर २४ गते प्रकाशित  गरेको थियो । त्यसपछि दबाब स्वरुप जिल्ला प्रशासनले उनलाई नागरिकता दिएको हो । विमलाले स्थानीय कुमार तामाङसँग प्रेम विवाह गरेकी थिइन् । विमला एक छोराकी आमा समेत हुन् । छोरा ३ वर्षको भएपछि श्रीमान् कुमारले उनलाई छाडिदिएका थिए । विवाह गरेर अलपत्र छाडेका श्रीमानको अत्तोपत्तो नहुँदा उनी नागरिकता पाउनबाट बन्चित भएको भएकी थिईन् ।

नागरिकता बनेपछि गरिखाने बाटो खुलेको विमला बताउँछिन् । ‘जे गर्दा पनि नागरिकता चाहिने रहेछ । अब त नागरिकता पाएकी छु गरि खाने बाटो खुलेको छ’ विमलाले भनिन् ।
नागरिकता भएपछि बैंकमा खाता खोल्नेदेखि समूहमा ऋण निकाल्न सजिलो भएको उनी बताउँछिन् । उनले नागरिकता छोराको जन्म दर्ता गराई दिएर पढाउने सपना पनि पुरा भएको बताउँछिन् ।

‘अहिले मेरो छोरा आठ वर्षको भएको छ । संधैँ स्कुलले जन्म दर्ता माग्दा दिन नसक्ने म मेरो नागरिकता बनेपछि छोराको पनि जन्मदर्ता गराएँ । जन्म दर्ता गराएसंगै मेरो छोरालाई पढाउने सपना पनि पुरा भएको छ’ विमलाले भनिन् । उनको छोरा छोरा रुद्रादेवी माध्यमिक विद्यालय धादिङमा कक्षा ३ मा अध्ययनरत छन् ।

नेपालको संविधान २०७२ को धारा १० र १२, नेपालको नागरिकता ऐन २०६३ को ३ (१) ले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यवस्था गरेको छ । बुबा, आमा, नेपाली नागरिक हो भने निजका सन्तानले बंशजकै आधारमा नागरिकता लिन सक्ने व्यवस्था छ ।

श्रीमानले बच्चा दिए, नागरिकता दिएनन्

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: