दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन


प्रकाशित मिति :2017-08-06 17:07:23

महिला खबर
काठमाडौं । रौतहट गरुडामा निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार बालिकाको मृत्यु भएपछि ओक्रोशित आफन्तहरुले दोषीलाई कारबाही र क्षतिपुर्र्तिको माग राख्दै सडक अवरुद्ध गरेका छन् ।

चारै जना बालिकाहरुको शव गरुडा सडकमा राखेर प्रदर्शन गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले बताएको छ ।

सरकारको लापरबाहीको कारणले चार जना बालिकाको मृत्यु भएको भन्दै क्षतिपुर्ति र दोषीलाई कारबाहीको माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेको इलाका प्रहरी गरुडाले बताएको छ ।
दोषीलाई कारबाही नहुन्जेससम्म शव सडकबाट नहटाउने आफन्तहरुले चेतावनी समेत दिएका छन् ।

सडक डिभिजन कार्यालय र ठेकेदारलाई बारम्बार सडकका खाल्डा खुल्टीपुर्न आग्रह गरे पनि सडक डिभिजन कार्यालय र ठेकेदारले खाल्डा नपुर्दा आफ्ना सन्तान गुमाउनुपरेको भन्दै आफन्तले दोषी माथी कारबाहीको माग राखेका छन् ।

शनिबार खाल्डामा परेर ज्यान गुमाउनेमा जोगेन्द्र शाहकी ९ वर्षीय छोरी सुनैना शाह, रामएकवाल शाहकी १२ र ९ वर्षीया छोरी संगिता र सुनिता, प्रेमनारायण शाहकी ९ वर्षीया छोरी सुस्मिता रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: