तराईका किशोरी भन्छन् – ‘बाँधेको पशु स्वतन्त्र होला, हामी बन्दी छौं’


प्रकाशित मिति :2017-08-06 16:20:11

यमुना खनाल

सिरहा । तराईका ग्रामिण क्षेत्रमा विद्यालय तह पार गरेपछि किशोरीहरुले उच्च शिक्षा लिन निकै समस्या झेल्नुपर्ने बताएका छन् । उनीहरुले धेरै समस्या झेलेर मात्रै उच्च शिक्षा लिन पाएको किशोरीहरु बताएका छन् ।

सिरहाको मलन्मा गोबिन्दपुरकी एक किशोरी अहिले ल्याब असिस्टेन्ट पढ्दैछिन् । घर नजिकै रहेको माध्यमिक पुरा गरेकी उनले उच्च शिक्षाका लागि घर बाहिर बसेर पढ्न निकै मानसिक दबाब खेप्नुप¥यो ।

आठ बर्षमा बुबा गुमाएकी उनलाई आमाले नै लालन पालन र शिक्षा दिईन् । अहिले उच्च शिक्षा अध्यायनका लागि लहानमा कोठा भाडामा लिएर राखेकी छन् । पढाउन घर बाहिर राखेको भन्दै उनका आफन्त र छरछिमेकले ‘बुबा नभएको छोरीलाई शहरमा राख्दा बिग्रन्छन्’ भन्दै आमा र किशोरी दुबैलाई मानसिक दबाब दिने गरेको किशोरीले बताईन् ।
छरछिमेकीले छोरी एक्लै शहरमा बसेकी छे । के गर्छे कहाँ जान्छे ? भनेर काका काकीलाई कुरा लगाइदिने बताईन् । सोही कारणले आफुलाई थाहा नै नदिई विवाहको तयारी गरिरहेको उनले गुनासो गरिन् ।

उनी पढाईमा तेज छन् । बुबा सानैमा बितेकाले आफुले पढेर ‘केही गरेर’ समाजलाई देखाउने उनको अठोट छ । ‘मेरो बिबाह गर्ने उमेर भएको छैन । अठार बर्षको त हुँदैछु’ भनेर आफन्तलाई सम्झउँदा गाली गर्ने उनले बताईन् ।

‘बाँधेको पशु स्वतन्त्र होला तर हामी बन्दी छौ ।’ घरमा बुबा नभए आफ्नै परिवार भित्रका सदस्यले पनि साथ दिदैनन । बरु के गर्न सक्छस् भनेर हेप्ने उनले बताईन् ।
गोविन्दपुरकै अर्की किशोरी अहिले लहानमा बसेर कक्षा १२ मा पढ्दै छन् । उनको बुबा किशोरी १२ बर्षको हुँदा बिते । उनका एकजना दाजु छन् । उनी सहित दुई दुई जना दिदी बहिनी छन् । लहान बजारमा बसोबास गर्ने आफन्तले छोरीलाई बजारमा राख्नु हुँदैन भनेर परिवारलाई दबाब दिएको उनले बताईन् । उनीहरुले के गर्छन् ? भरोसा कसरी हन्छ ? परिवारको ईज्जतमा दाग लाग्छ । बरु समयमा नै बिबाह गरिदेउ । छोरी लाई पढाएर के हुन्छ भनेर घरमा भन्ने गरेको गुनासो गरिन् ।

चिनेका साथीसँग फोनमा कुरा गरेको र फेसबुक चलाएको कुरालाई समेत असामान्य बनाएर विवाह गरिदिन १८ बर्ष नपुग्दैदेखि दबाब दिएको उनले बताईन् । यसरी प्रत्येक पाईला पाईलामा रोक लगाउँदा नसकेको मानसिक तनाब हुने गरेको उनले गुनासो गरिन् ।

तराईका सीमित परिवारका महिलाहरुले मात्र स्वतन्त्र रुपमा आफ्नो क्षमता अगाडि बढाउन पाएका छन् । अन्य महिलाले बाल्यवस्थादेखि नै क्षमता बढाउने अवसर पाउँदैनन् । पढाइबाट समेत वञ्चित हुनुपर्छ । जेएस मुरारका बहुमुखी क्याम्पस लहानका प्रचार्य कनैया भट्ट समाज परिवर्तन भएपनि समाजमा बस्ने मानिसको मानसिकतामा परिवर्तन नहुँदा किशोरीहरुले खुल्ला वातावरणमा क्षमता बढाउन नपाएको बताउँछन् ।

आमा बाबुको शिक्षाको स्तर, समाजमा बसोबास गर्ने मानिसहरुको प्रवृति, श्रीमान्ले श्रीमतीलाई दिने ईज्जत कस्तो छ त्यहि अनुसार बालिका तथा किशोरीले अवसर पाउने उनको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: