‘महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न हातेमालो गरौँ’: उपराष्ट्रपति पुन


स्थानीय तहमा निर्वाचित एकल महिला सम्मानित

प्रकाशित मिति :2017-07-17 14:51:23

महिला खबर

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि हातेमालो गर्न सधैँ तयार रहेको बताउनुभएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूह र एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले ‘हामी सक्छौँ’ अभियान अन्तर्गत आज काठमाडौँमा सुरु गरेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विद्यामान सामाजिक कुसस्कार र पितृसत्तात्मक सोचका कारण महिलाहरूले धेरै प्रकारका हिंसा सहन बाध्य भएको औल्याउनुभयो ।

आर्थिक रूपमा कमजोर हुँदा महिलाले  हिंसा सहन बाध्य भैरहेको भन्दै महिलाको आर्थिक सवलीकरणका लागि एकेकृत कार्यक्रम सञ्चालन गर्न पहल गर्ने र यसमा सबै तह तप्काबाट हातेमालो गर्न समेत उहाँले आहवान गर्नुभयो । ‘पितृसत्तात्मक सोच र सामाजिक कुरितिका कारण महिलाहरू विभिन्न किसिमका हिंसा सहन बाध्य छन्, यो सबै प्रकारको विभेद अन्त्य गर्न म सधैँ हातेमालो गर्न तयार छु र सबैलाई आवहान पनि गर्दछु ।’– उपराष्ट्रपति पुनले भन्नुभयो ।

सविधानमै समानुपातिक प्रतिनिधित्वको व्यवस्था र राजनीतिक जागरणका कारण महिलाहरू जनताको सेवा गर्ने ठाउँ स्थानीय तहमा पुग्न सफल भएको उहाँले बताउनुभयो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले संविधानले राज्यका हरेक निकायका ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन र नीतिहरू तर्जुमा भइरहेको बताउनुभयो ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले महिला अधिकारका क्षेत्रमा सरकार सहकार्य गर्न तयार भएकाले कार्यक्रम सहित सहकार्यमा आउन आग्रह गर्नुभयो । कार्यक्रममा समूहका संस्थापक अध्यक्ष लिली थापालाई भारतको ‘दयावती मोदी स्त्री शक्ति अवार्ड’ प्रदान गरिएको थियो ।

सम्मेलनमा दक्षिण एसियाका महिलाको मानवअधिकार, गरिबी निवारण, राजनीतिक सशक्तीकरण, शान्ति निर्माण र विकासका कार्यमा एकल महिलाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल हुने एकल महिला समूहका अध्यक्ष निर्मला शर्मा ढुंगानाले जानकारी दिनुभयो ।

यस्रैबीच, सम्मेलनको अवसरमा स्थानीय तहमा निर्वाचित एकल महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । निर्वाचित ६० जना मध्ये ४४ जना जनप्रतिनिधि कार्यक्रममा उपस्थित भएका थिए । सम्मानित हुनेहरुमा जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख कान्तिका सेजुवाल, काभ्रेको नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, बाजुराको जिल्ला समन्वय समितिका सदस्य राधिका सुनार लगायत विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य हुनुहुन्छ । प्रदेश नं २ बाहेक अन्य छ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: