मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिताको माग


प्रकाशित मिति :2017-07-17 11:04:16

महिला खबर

काठमाडौं । महिला सांसद समन्वय समितिले मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

महिला सांसद समन्वय समितिका अध्यक्ष आरजु राणाको नेतृत्वमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर संवैधानिक व्यवस्था अनुसार सरकारमा महिलाको सहभागिता सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

समितिले अब विस्तार हुने मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला मन्त्री बनाउनुपर्ने माग राखेका छन् । सांसद तथा समितिका अध्यक्ष राणाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भाषणमा महिलाको कुरा गरेपनि सरकारमा सहभागिता न्युन रहेको बताउनुभयो ।

समन्वय समिति अध्यक्ष राणाले सरकारमा महिलालाई सहभागी गराउने विषयमा कन्जुस्यार्इँ हुने गरेको बताउनुभयो ।

सांसदहरूले प्रधानमन्त्रीसँग मन्त्री परिषद् ३३ प्रतिशत महिलाको व्यवस्था हुनुपर्ने लगायत लैंगिक मैत्री कानुन निर्माण हुनुपर्ने, महिला हिंसाका घटना रोक्न सरकारले तत्काल कदम अगाडी बढाउनु पर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: