लै‍‌‌‌‍‍्गिक हिंसा मुक्त नगर बनाउछौं : जनप्रतिनिधि


प्रकाशित मिति :2017-07-16 16:03:12

महिला खबर

सुनसरी । उदयपुरको त्रियुगा नगरपालिकालाई लैङ्गिक हिंसा मुक्त नगर बनाउन नवनिर्वाचित प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।

महिला तथा बालबालिकाको कार्यालयले सदरमुकाम गाईघाटमा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरुका लागि लैङिक हिंसा न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका हुन् । उनीहरुले हिंसाका कारण समाज पछि परेको बताए ।

नगर प्रमुख बलदेव चौधरीले विधी कमजोर हुँदा हिंसाका घटना बढेको वताउनुभयो । उहाँले मानव वेचबिखन गर्नेहरुको जबसम्म जरो मास्न सकिन्न तबसम्म यस्ता घटना न्युनिकरण नहुने बताउनुभयो । चेलीबेटी वेचबिखन गर्नेहरुले राजनीतिक प्रश्रय पाउने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा उप प्रमुख देवीकुमारी चौधरीले आफु नगरपालिकाको न्यायिक निकायको प्रमुख पनि भएकाले महिला हिंसा गर्ने जो कोहिलाई राजनीतिक आस्था भन्दा माथि उठेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: