भुकम्पपछि महिलामा मनोसामाजिक समस्या बढ्यो


प्रकाशित मिति :2017-07-16 15:34:32

-सर्मिला बुढाथोकी-

दोलखा । भीमेश्वर नगरपालिका, १ सुष्पा क्षमावतीकी विमला थामीको घर ०७२ बैशाखको भुकम्पले भत्कियो । भुकम्पले उनको घर मात्र भत्किएन मन पनि भत्कियो । अकास्मात् आईपरेको यस्तो विपतीको सामना गर्नुपरेपछि उनको मन थामीसक्नु भएन, उनी विक्षिप्त बनिन् ।

भुकम्पले घर भत्किए पछि कहाँ जाने ? कहाँ बस्ने भन्ने तनाब भयो विमलाले भनिन् – निरन्तरको तनावले घरमा काम गर्न पनि मन नलाग्ने, कसैसँग बोल्न पनि मन नलाग्ने, एक्लै बस्न मन लाग्ने हुन थालेपछि उपचार गर्न आएँ ।’

भीमेश्वर नगरपालिका, १ सुष्पा क्षमावतीकै निशा थामीको समस्या पनि बिमलाको जस्तै छ । भुकम्प पछि मानसिक तनावमा पर्नु भएको २५ वर्षकी निशा टाउको दुख्ने, मनमा कुरा खेलिरहने, मन थिरमा नहुने जस्ता समस्या बढ्दै गएपछि उपचारको लागि आएको बताउँछिन् ।

मानसिक अस्पताल लगनखेलले दोलखा सदरमुकाम चरिकोट र जिरीमा प्रत्येक महिना सञ्चालन गर्ने बहिरङ्ग स्वास्थ्य शिविरमा मनोसामाजिक समस्या लिएर उपचारको लागि आउने बिरामीको संख्यामा बृद्धि हुदै गएको शिविरमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

शिविरमा संलग्न डा. बासु कार्की महिलाहरुमा बढी पारिवारीक तथा सामाजिक तनाव हुने भएकोले मनोसामाजिक समस्या महिलामा बढी पाईएको बताए । भुकम्प पछि हरेक परिवारमा समस्या बढेकोले पनि महिलाहरुमा मनोसामाजिक समस्या बढी देखिएको डा. कार्कीको भनाई छ ।

मानसिक अस्पताल लगनखेलले गरेको स्वास्थ्य शिविरमा उपचारका लागि जाने बिरामीमध्ये ७० प्रतिशत महिला हुने डा. बासु कार्कीले जानकारी दिए । कतिपयले मनोसामाजिक समस्या भएको मानिसलाई पागल ठान्ने गरेको उल्लेख गर्दै डा. कार्की यो समस्या उचित परामर्शबाट समाधान हुने बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: