द्रौपदीले निःशुल्क उपचार पाइन्


समाचार प्रभाव

प्रकाशित मिति :2017-07-16 14:04:53

सर्मिला बुढाथोकी
दोलखा । आर्थिक अभावका कारण एक वर्षदेखि भाँच्चिएको खुट्टाको शल्यक्रिया हुन नसकेर पीडित महोत्तरी गौशाला बजारकी ४० बर्षिया द्रौपतीदेवी महतोको निःशुल्क शल्यक्रिया भएको छ । चरिकोट प्रस्तावित अस्पतालमा निःशुल्क उपचार पाएपछि पछि अरुको साहारा बिना बैशाखी टेकेर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

लडेर खुट्टा भाँच्चिए पछि विगत १ बर्ष देखि थलामा पर्नु भएकी महतोलाई चरिकोट प्रस्तावित अस्पतालले एक हप्ता अस्पतालमा राखेर निशुल्क उपचार गरेको थियो । असार २२ गते श्रीमान सियाशरण महतोको साहारामा अस्पताल भर्ना हुनुभएको द्रौपदीको दुबै खुट्टा टेकेर पहिले जस्तै हिँडडुल गर्ने सपनाबारेको समाचार महिलाखबरले प्रकाशित गरेको थियो ।

उपचार पछि अस्पतालबाट बाहिरिदै गर्दा द्रौपदीले भन्नु भयो – मेरो सपना पुरा भएको छ । अब म दुबै खुट्टा टेकेर पहिले जस्तै हिँडडुल गर्न सक्ने छु । खुट्टा राम्रोसंग ठिक भएपछि आफु र श्रीमान् मिलेर मजदुरी गरी उपचारमा लागेको ४० हजार ऋण तिर्ने द्रौपदीको योजना छ ।

मजदुरी गरेर कमाएको झण्डै दुई लाख रुपैया श्रीमतीको खुट्टाको उपचारमा सकिँदा पनि उपचार नभएर निराश सियाशरण निःशुल्क उपचार पछि श्रीमती हिड्न सक्ने भएको भन्दै खुशी हुनुभयो ।

अस्पतालका निर्देशक डा. विनोद दंगालले दाँया खुट्टा भाँच्चिएर जटिल अवस्थामा आएको द्रोपतीको शल्यक्रिया गरी स्टीलको पाता राखिएको र अब बिरामी राम्रोसंग हिँडडुल गर्न सक्ने बताउनु भयो । अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मन्दिप पाठकको नेतृत्वमा द्रौपदीको शल्यक्रिया गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: