चौतारा लैङ्गिक हिंसा मुक्त बन्ने


प्रकाशित मिति :2017-07-16 13:56:03

विदुर आचार्य

सिन्धुपाल्चोक । सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकालाई लैगिक हिंसा मुक्त बनाउने नीति पारित भएको छ । नगरपालिकाको पहिलो नगर सभामा लैगिक हिंसा, छुवाछुत, भेदभाव, बोक्सी आरोप, दाईजो प्रथा अन्त्य गर्ने लक्ष्य नीति तथा कार्यक्रममा पारित भएको हो ।

विशेष बजेट समेत व्यवस्था गरिएको सो कार्यक्रम टोल टोलमा साझा सञ्जाल निर्माण गरि सचेतनाबाट सुरु गर्ने उल्लेख गरिएको छ । नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले लंैगिक समानता कायम गरि हिंसा मुक्त नगर बनाउन प्रभावकारी संयन्त्र निर्माण गरिने उल्लेख गर्नुभयो ।

‘हरेक समाजमा साझा सञ्जाल निर्माण गरिनेछ’, नगरसभाको नीतिमा उल्लेख गरिएको छ–‘यो महिला, दलित, जनजाती, अपाङ्गता भएका र पिछडिएका समुदायको साझा हुनेछ र यसलाई सशक्त रुपमा रहन बजेट व्यवस्था गरिनेछ ।’

सामाजिक अध्ययन, अनुसन्धान गरि पिछडिएका र न्यून आय भएकाहरुको सहज जीवनयापको विकल्प पहिल्याई कार्यान्वयन गरिने कार्यक्रम प्रस्तुत भएको छ । ‘भान्छासँगै घरायसी कामको चापले महिलालाई घरभित्रै सीमित गराएको मात्र छैन भान्छाको धुँवाले स्वास्थ्यमा प्रतिकुल असर समेत गरेकोले धुँवारहित भान्सा हरेक घरमा कायम गरिने छ ।’ नीतिमा उल्लेख छ ।

समयमै जन्मदर्ता, विद्यालय भर्ना, छोरीको बैक खाता सञ्चालन सँगै सम्पत्तीमा स्वमित्व कायम गर्न र रोजगार तथा स्वरोजगार बन्न समेत प्रोत्साहन गरिने गहिरो नीति सार्वजनिक गरिएको छ । जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य सुविधामा विशेष जोड दिने, दलित र विपन्न महिलाको समुह निर्माण र आयआर्जनका कार्यक्रम संञ्चालन गर्ने, पीडित तथा उच्च जोखिममा रहेका महिला बालबालिकालाई पुनःस्थापना गृह संञ्चालनमा ल्याउने योजना नगरपालिकाको छ ।

बालश्रम मुक्त नगर निर्माण गरि विद्यालय वाहिर रहेका सवै बालबालिका विद्यालय पुरयाउने कार्यक्रम आर्थिक वर्षको पहिलो महिनामै सुरु गर्ने कार्यक्रममा भनिएको छ । आर्थिक वर्षको पहिलो छ महिनामा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य तथा बजेट प्रस्तुत गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: