बाहुनीलाई नि मन्त्र पढ्न आउँछ ?


प्रकाशित मिति :2017-07-16 12:35:09

खेमा बस्नेत

काठमाडौं । ६२ वर्षकी कमलादेवी पोखरेल पशुपती मन्दिरको गेट अगाडी नियमित आउने गरेकी छन् । यो क्रम १२ वर्षदेखि जारि छ । उनको अगाडी रातो टिका, केशरी, अछेता राखिएको हुन्छ । दर्शनार्थीलाई आर्शिवाद दिदै टिका लगाईदिने उनको दैनिकी हो ।

काठमाडौंको महाराजगन्जमा बस्दै आएकी कमलादेवि श्रीमानसंगै हरेक विहान ६ बजे पशुपती पुग्छिन् । १२ वर्ष अघि श्रीमानले एउटा मृगौला छोरालाई दिएपछि उनी कम्जोर भएकाले कमलादेवि श्रीमानलाई सघाउन पशुपति आउन थालेकी हुन् ।

सुरुका दिनमा यो काम उनलाई अप्ठ्यारो लाग्थ्यो । अहिले सहज लाग्छ । उनी भन्छिन्–‘महिलाले खासै नगर्ने काम भएकाले सुरुका दिनमा अप्ठ्यारो लाग्थ्यो, अहिले बानी हुदै गयो ।’

उनलाई बाहुनले जस्तै मन्त्र पढ्न र पुजापाठको सवै कर्म आउँछ । तर केही दर्शनार्थीले महिलाले पनि पण्डितजस्तै मन्त्र पढ्न काहाँ आउँछ र ? भनेर हेप्ने गरेको उनले अनुभव बताइन् । कतिले टिका लगाउनु अघि तपाई बाहुन नै होनि भनेर सोध्ने गर्छन् । तर पुरुषलाई शंकाको त्यो घेराले कहिल्यै नहेर्ने गरेको उनको अनुभव छ ।

‘बाहुन हो भनेर सोध्छन्, म हो भन्छु, अनि मात्र टिका लगाउँछन् । तर यहाँ धेरै पुरुष पण्डितहरु हुनुहुन्छ, उहाँहरुलाई कहिले पनि बाहुन हो की नाई भनेर सोधेको मैले सुनेकी छैन’ कमलादेवीले भनिन् ।

काठमाडौं कपनकी ६० वर्षिया ढकामाया बाग्ले पनि १ बर्षदेखि पशुपतिकाे गेट अगाडी बसेर पण्डित्याईँ काम गदै अाउनुभएकाे छ ।  ओखलढुंगाको घर भुकम्पले भत्काएपछि २ बर्षअघि ४ सन्तान सहित काठमाडौं आएकी ढकामाया श्रीमानसंगै पशुपतिमा पण्डित्याईँको काम गर्छिन् ।

तर संगै बसेको श्रीमानले कहिल्यै उत्तर दिनुनपर्ने प्रश्न, ‘तपाई बाहुन नै हुन् नि’ भन्ने प्रश्नको उत्तर ढकामायाले सधै दिनुपर्छ ।

‘टिका लगाउनु पहिला तपाई बाहुन हो भनेर सोध्छन् । म हो भन्ने संकेतमा टाउको हल्लाउछु । तर मेरो बुढोले त्यो उत्तर कहिल्यै दिनुपर्दैन ।’ ‘आमाको हातबाट टिका लगाउन पाइयो भनेर खुशी हुनेहरु पनि धेरै छन्’, उनले थपिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: