कलिलैमा यौन अपराधको शिकार


प्रकाशित मिति :2017-07-14 17:20:00

दिपेन्द्र अधिकारी

चितवन । ०७४ असार २९ गते आठ वर्षीया छोरीलाई करणी गरेको आरोपमा भरतपुर महानगरपालिका २३ वस्ने वर्ष ३३ का एक युवक पक्राउ परेका छन् ।

पटकपटक जवरजस्ती करणी गरेको भन्दै छोरीले छिमेकमा भनेपछि उनलाई २४ गते गिरफ्तार गरी २५ गते आइतबार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यो एउटा प्रतिनिधिमुलक घटना हो ।

बालिकाहरु हिजोआज बलत्कार, बलत्कारप्रयास र यौन दुव्र्यबहारको शिकार बनिरहेका छन् । अभिभावकले संरक्षण दिनु पर्नेमा कतिपय अवस्थामा अभिभावक र आफन्त नै यौन पिपासु बनिँदिँदा नानीहरुको कलिलो मस्तिष्ट विक्षिप्त हुने गरेको छ । शारीरिक र मानसिक रुपमा समेत परिपक्वता नहुँदैको अवस्थामा बालिकाहरु यौन अपराधको शिकार बन्ने गरेका छन् ।

माघ देखि हालसम्म ६ महिनाको अवधिमा चितवनमा ८ जना बालिका बलत्कार घटना र ८ जना बलत्कार प्रयासका घटनामा परेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

६ वर्षीया बालिकालाई नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका २ घर भइ ज्यला मजदुरी गर्दै आएका २३ वर्षीय युवकले फागुन १८ गते बालिकाको होटलमा वसिरहेको अवस्थामा संवेदनशील अंग खेलाई जवरजस्ती करणी प्रयास गरेको भन्दै पीडिकी आमा नाम परिवर्तित ९०७३र०७४० ले फागुन १८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् ।

६ वर्षीया बालिका नाम परिवर्तित भरतपुर (क) र ७ वर्षीया बालिका नाम परिवर्तित भरतपुर (ख)लाई भमनपा १९ वस्ने वर्ष २५ को एक युवकले जेठ ३ गते साँझ ५ वजेको समयमा पीडितकै घरकोठामा जवरजस्ती करणी गरेको भन्दै पीडितहरुकी आमा वर्ष २७ की नाम परिवर्तिनन गोव्रेनीले जिल्ला प्रहरी कार्यालय चितवनमा जेठ ७ गते उजुरी दिएकी थिइन् ।

आठ बर्षीया छोरी नाम परिवर्तित ०४९–३५ लाई ०७४ वैशाख ३१ गते दिउँसो भरतपुर महानगरपालिका २५ राप्ती खोलामा साथीभाइहरुसँग खेल्ने क्रममा यौन दुव्र्यबहारको घटना गराएको भन्दै पीडितकी आमा वर्ष २४ की नाम परिवर्तित राप्ती १ ले प्रहरीमा उजुरी दिएकी थिइन् । यस घटनामा पक्राउ पर्ने पनि सवै १६ वर्ष मुनिका रहेका छन् ।

आरोपीत मध्येकी एक वर्ष १६ की बालिका समेत रहेकी छन् । झट्केलो बाबुबाट बढिजसो बालिकाहरु पीडित हुने गरेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए । प्रतिकार गर्ने क्षमताका हिसावले बालिकाहरु कमजोर हुने हुँदा घटनामा पीडित हुने गरेको प्रमुख थापाले बताए । साथै उनले पीडकले मार्ने सम्मको डर, धाक, धम्की दिँदा कतिपय घटनाहरु त्यतिकै सेलाएर जाने गरेको समेत बताए ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता उदयचन्द्र अधिकारीले बालिका पीडित भएको अवस्थामा अन्य फौजदारी मुद्दाका तुलनामा आफू बढि संवेदनशील हुने गरेको बताए ।

पीडितलाई जतिसक्दो चाँडै न्याय र पीडकलाई अधिकतम सजाय दिइ आफूहरुले न्यायोचित ढंगले काम गरिरहेको अधिकारीले बताए । पैसा अभाव र इज्जतका कारण समाजबाट भोलि कतै पीडित नै विस्थापित हुनुपर्ने हो की भन्ने डरले कतिपय घटनाहरु समाजमै मिलाउने गरिएको समेत अधिकारीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: