ब्लड क्यान्सर भएर पनि बाँच्न सकिन्छ : डा.पौडेल


प्रकाशित मिति :2017-07-14 15:58:21

ब्लड क्यान्सरबाट विश्वमा कति मानिस प्रभावित छन् भन्ने यकिन तथ्यांक नभएपनि पछिल्लो समय यो रोगबाट धेरै मासिनले ज्यान गुमाउनु परेको छ । तर समयमै उपचार पाए यो रोगबाट बाँच्न सकिन्छ । नेपालमै पहिलो पटक सफल बोनम्यारो प्रत्यारोपण गर्नुहुने सिभिल अस्पतालका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा.विषेश पौडेलसंग ब्लड क्यान्सरको विषयमा खेमा बस्नेतले गर्नुभएको कुराकानी ।

ब्लड क्यान्सर भनेको के हो ?

रगतमा विभिन्न कोषिकाहरु हुन्छन् । यसलाई हामी आर.वि.सी. र डब्लु.वि.सी. भन्छौ । रगतको कोषिकाहरुमा हुने क्याक्सर नै ब्लड क्यान्सर हो । तर, धेरै मानिसलाई ब्लड क्यान्सर र बोनम्यारो क्यान्सर भिन्दाभिन्दै हो भन्ने कन्फयुजन छ । खासमा ब्लड र बोनम्यारो क्यान्सर भनेको एउटै हो । रातो रक्तकोष अनियन्त्रित तवरले बढ्यो भने आर.वि.सी.को भोलुम (आयतन) बढ्छ । अर्थात आर.वि.सी. र डब्लु.वि.सी. बढ्नु क्यान्सर हो । त्यससंगै प्लेटलेट बढे पनि क्यान्सर हो । तर सबै क्यान्सर रगतबाट नदेखिन पनि सक्छ । कतिपय क्यान्सर बोनम्यारोबाट पनि जाँच्नुपर्ने हुन्छ । समग्रमा भन्दा रगतको कोषिका अनियन्त्रित तवरले रगतमा बढेमा त्यसलाई रगत क्यान्सर भन्छौ ।

कस्ता व्यक्तिलाई ब्लड क्यान्सर हुन्छ ?

ब्लड क्यान्सर उमेर अनुसार हुन्छ । बच्चाहरुमा ए.एल.एल. ब्लड क्यान्सर हुन्छ । त्यसलाई हामी एक्युट लुक्यिमिया प्लाष्टिक लिथोमिया भन्छौ । वयस्क व्यक्तिलाई सि.एल.एल. भन्ने हुन्छ । हामी सिएमएल क्रोनिक लुक्यीमिया भन्छौ । अलि उमेर भएका व्यक्तिलाई लिम्फोमा, क्रोनिक लुक्यीमिया, एक्युट लुक्यिमीया, मल्टिपल मायलोमा हुन्छ ।

ब्लड क्यान्सर भएको कसरी थाहा पाउने ? लक्षणहरु के–के हुन् ?

ब्लड क्यान्सरमा अरु रोगहरु जस्तै लक्षणहरु देखिदैनन् । ब्लड क्यान्सरमा साधारणतया रुघाखोकी लाग्यो, घाँटी एकदमै दुःख्योे, ज्वरो आयो जचाँउन जाँदा धेरैलाई रगतको क्यान्सर भएको थाहा हुन्छ ।
यसका प्रमुख लक्षणहरु शरीरमा निला टाटाहरु आउने, रगत बगेपछि बन्द नहुने, चोटपटक लागेमा रगत नरोकिने बगेको बगै हुने, नाक, मुख, गिजाबाट रगत बग्ने र त्यस्ता ठाउँमा इन्फेक्सन (असर) हुने हुन्छ । एक महिनाको २/३ चोटी साइनोसाइटिस हुने, रेन्डिङ, रगत र हिमोग्लोबिन घटेपछि रक्तअल्पताका लक्षणहरु देखिने गर्छन् । जस्तैः भ¥याङ चड्दा स्याँस्याँ बढ्ने, इनर्जी नहुने, शरीर लथरक गल्ने, थाक्ने, घाँटी, काखी र काछमा गाँठागुठी आउँने यी किसिमका लक्षण देखिन्छन् ।
जुनसुकै क्यान्सरको लक्षण पनि रगतको क्यान्सरको जस्तो लक्षण हुन्छन् । यी लक्षण हुदैमा रगतको क्यान्सर हुन्छ भन्ने चाही हुँदैन । साधारण रोगमा पनि यो लक्षण हुन्छ । तर, यस्ता लक्षण देखिएमा अस्पताल गएर डाक्टरलाई जचाँउनु भने आवश्य पर्दछ ।

ध्यान दिनुपर्ने कुराहरु केके हुन् ?

आजको दिनसम्म आउँदा रगतको क्यान्सर चार कारण मात्र हुन्छ भन्ने प्रमाणित भएको छ । पहिलो, कुनै बिरामीले किमोथेरापी पाउनुभएको छ भने त्यस्तो मान्छेलाई पछि गएर ब्लड क्यान्सर हुने सम्भावना बढी हुन्छ । दोस्रो, रेडिएशन वा पहिला रेडियोथेरापी पाएको र विकरण हुने ठाउँमा लामो समय बसेको छ भने पनि रगतको क्यान्सर हुने सम्भावना हुन्छ । तेस्रो, बेन्जिन तत्व भन्ने हुन्छ । यो एउटा केमिकल हो । जुन पेट्रोलियम उद्योग, प्लाष्टिक उद्योग जस्ता उद्योगमा प्रयोग गरिन्छ । यो केमिकलमा लामो समयसम्म अर्थात ५ देखी ७ वर्षसम्म सम्पर्कमा रहेकालाई हुने सम्भावना हुन्छ । भाइरल इन्फेक्सन जस्तो पेटमा हुने एचफाइनल भन्ने किरा हो । त्यसले ग्याँष्टिक बनाउँछ । त्यसपछि अल्सर हुन्छ । त्यसले पेटमा हुने रगतको क्यान्सर गराउँछ । अर्को, इबी भाइरस भन्ने छ । त्यो भाइरसको संक्रमण लामो समयसम्म भयो भने त्यसले गर्दा लिम्फोमा जस्ता रगतका क्यान्सर गराउँदछ । एउटा रगतको क्यान्सर हुन्छ, जसलाई मल्टिपल मायलोमा भनिन्छ । यस क्यान्सरको असर ढाड दुख्ने, क्याल्सीयम बढ्ने, ढाडको हड्डीमा प्वालहरु देखिने हुन्छ ।

ब्लड क्यान्सर हुन नदिन के गर्नुपर्ला ?

यो गर्दा मलाई रगतको क्यान्सर हुदैन भन्ने हुँदैन । यो जोसुकै स्वस्थ व्यक्तिलाई पनि हुन सक्छ । त्यसैले रगतमा केही समस्या हुना साथ रगतको जाँच गराउनुपर्दछ । अझ समय–समयमा रगतको जाँच गराउनु राम्रो हुन्छ ।

ब्लड क्यान्सर भएको महिलाबाट जन्मेको सन्तानलाई असर पर्छकि पर्दैन, र बच्चाले आमाको स्तानपान गर्न हुन्छकि हुदैन?

गर्भवति महिलाबाट बच्चालाई ब्लड क्यान्सर हुने सम्भावना ज्यादै न्युन हुन्छ । वर्षमा उपचार हुने एक हजारदेखी पन्ध्र सय जना ब्लड क्यान्सरको बिरामीमा एक जनामा मात्र यस्ता विरामी हुन्छन् । गर्भवती महिलालाई रगतको क्यान्सर हुदैमा बच्चालाई हुन्छ भन्ने हुदैन । संसारमा एक दुईवटा केस मात्र यस्तो देखिएको छ । तर त्यो कुराको पुष्ठि भएको छैन । जहाँसम्म स्तनपानको कुरा छ, सकभर सुत्केरी महिलाले औषधी चलेको बेलामा स्तनपान गराउनु हुदैन ।

विरामीलाई किमो कति समयसम्म दिनुपर्दछ ?

रोगको प्रकृति अनुसार हुन्छ । कुनै रोगलाई ६ साइकल चढाउनुपर्ने हुन्छ । कसैलाई चार साइकल चलाएर पनि हुन्छ । रोग अनुसार कति चलाउने भन्ने कुरा निर्धारण हुन्छ । ब्लड क्यान्सर सबैलाई पूर्ण रुपमा निको हुन्छ तर, कसैलाई हुँदैन । एक सय जनालाई लागेको छ भने ८० जनालाई निको हुन्छ । कुनै रोग एक सय जनामा ३० देखी ४० जनालाई मात्र निको हुन्छ । कुनै रोग किमोथेरापी दिएर निको नै हुदैन बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अहिले ब्लड क्यान्सर हुनासाथ मरिहाल्ने बाँच्दै नबाँच्ने भन्ने होइन । सभिल अस्पतालमा मात्र वर्षमा ब्लड क्यान्सरका बिरामी हजार देखि १५ सयसम्म आउने गरेका छन् ।

ब्लड क्यान्सरको उपचार कति महंगो छ ?

उपचार त्यति मंहगो छैन । हामीकहाँ आएका बिरामीलाई बाहिर रेफर पनि गरेका छैनौं । सिभिलमा रगत सम्बन्धि सम्पूर्ण  उपचार हुन्छ । नेपालमै उपचार गर्ने सकिने रोगलाई हामीले बाहिर पठाउनु पनि हुँदैन । उपचारमा रोगको अवस्था हेरेर हुन्छ । कुनै एक लाखमा पनि निको हुन्छ । कुनै ६/७ लाखसम्म पनि लाग्छ । लामो समयसम्म कडा एन्टीभाइटीक चलाउनुप¥यो र रोग पुन फर्किएर आयो भने २०/२५ लाखसम्म लाग्न सक्छ । सामान्य परिवारका लागि यो ठूलो रकम हो । त्यसैले यस्तो ठूलो खर्च लाग्ने रोगमा सरकारले हेर्न आवश्यक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: