पुष्प व्यवसायी हुमालाई युवा प्रतिभा तथा उद्यमी पुरस्कार


प्रकाशित मिति :2017-07-14 14:50:30

महिला खबर

काठमाडौं । लमजुङकी पुष्प व्यवसायी हुमा गुरुङ जिल्लास्तरीय युवा प्रतिभा तथा उद्यमी पुरस्कार २०७४ बाट सम्मानित हुनुभएको छ ।

मस्र्याङ्दी गाउँपालिका २ घनपोखारा घर भै हाल बेसीशहर नगरपालिकामा रोज नर्सरी संचालन गर्दै आउनुभएकी गुरुङलाई जिल्ला युवा समितिले शुक्रबार बेसीशहरमा सम्मान गरेको हो ।

नेपाली युवामा सिर्जनशीलता, उद्यमशीलता र सकरात्मक सोच विकास गर्न पुष्प व्यवसायको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।

गुरुङलाई संसद टुकभद्र हमाल, युवा समिति, लमजुङका अध्यक्ष विवश बुढाथोकी र कार्यालय प्रमुख श्रीप्रसाद भट्टराईले सम्मानपत्र सहित नगद ७ हजार रुपैयाको पुरस्कार प्रदान गर्नुभएको हो ।

जिल्लामै पहिलो नर्सरी स्थापना गरि गुरुङ नमुना उद्यमी बन्नुभएको छ । ३ बर्षअघि स्थापना गरिएको नर्सरीमा उहाँले ३ जनालाई रोजगारी समेत दिनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: