संचारगृहले महिलाको सुरक्षालाई प्राथमिकता दिनुपर्ने


पत्रकार महिलाको सुरक्षा विषयमा सम्पादकहरुसँग अन्र्तक्रिया

प्रकाशित मिति :2017-07-13 19:08:24

महिला खबर

ललितपुर । नेपाली संचारगृहहरुको कार्यकारी पदहरुमा महिलाको उपस्थिति अत्यन्त न्यून रहेको अवस्थामा पत्रकार महिलाको पेशागत र भौतिक सुरक्षाबारे आज सम्पादकहरुसँग अन्तरक्रिया भएको छ ।

पत्रकार महिलाहरूको छाता संगठन सञ्चारिक समूहले ललितपुरमा आयोजित उक्त कार्यक्रममा नेपाली संचारगृहका सम्पादक र वरिष्ठ पत्रकारहरु बिच अन्र्तक्रिया भएको हो । संचारिकाले गरेको एक अध्ययन अनुसार हाल नेपालमा ८ प्रतिशत मात्र सम्पादक महिला छन् । त्यस्तै प्रकाशक वा व्यवस्थापकका रूपमा २.७ प्रतिशत र वरिष्ठ संवाददाता/ब्यूरो प्रमुखमा २.९ प्रतिशत महिला कार्यरत छन् ।

पत्रकारितामा नयाँलाई ल्याउन प्रेरित गर्ने, भएकालाई टिकाउने तथा कार्यकारी तहमा पुर्‍याउने वातावरण सृजना गर्न र पत्रकार महिलाको भौत्तिक तथा पेशागत सुरक्षाका लागि दवाव सृजना गर्न आयोजित अन्र्तक्रिया नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वडको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा राजदूत पिटरले सञ्चार क्षेत्र राज्यको सशक्त खम्बा भएकाले संचारमाध्यमको कार्यकारी तहमा महिलालाई लैजानुपर्ने र पत्रकार महिलाको सुरक्षाका लागि राज्य र संचारगृह दुवै गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल साप्ताहिकका सम्पादक प्रशान्त आर्याल र सामुदायिक सूचना नेटवर्क, एकोरावका पत्रकार लक्ष्मी बस्नेतले नेपाली संचारगृहमा पत्रकार महिलाको सुरक्षाको अवस्था विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सहभागीहरुले पत्रकार महिलाले पत्रकार भएकै कारण व्यहोर्नुपर्ने जोखिमसगै महिला भएका कारण थप जोखिम मोल्नुपर्ने अवस्था रहेकाले पत्रकार महिलाको सुरक्षालाई विशेष रूपमा हेर्नुपर्ने बताएका थिए । पत्रकार महिलाले विषेशगरि हत्या, आक्रमण, डर धम्की, लैङ्गिक दुव्र्यवहार, सिनियरको अप्ठ्यारो व्यवहार, जिम्मेवारी र तलब–भत्तामा विभेद, यातायातको असुविधा, लैङ्गिक नीतिको अभाव, बिदा, तालिम र अवसरमा विभेद, प्रतिकूल समय–तालिका जस्ता कारणले अप्ठ््यारो अवस्था सृजना भएको पत्रकार बस्नेतले बताउनुभयो ।

यसका लागि सञ्चारगृहरुले पत्रकार महिलाको क्षमता वृद्धि, कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण निर्माण गर्नुपर्ने, निर्णायक तहमा बढीभन्दा बढी महिलालाई स्थान दिने र गुनासो सुनुवाइको व्यवस्था हुनुपर्ने देखिएको बस्नेतले बताउनुभयो । साथै राज्यले मिडिया र लैंगिकता सम्बन्धी नीति तथा कानून बनाई लागू गर्नुपर्ने र पत्रकार महिलाको सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले शिक्षा, तालिम र पारिवारिक तथा सामाजिक वातावरणका कारण नेपाली मिडियामा पत्रकार महिलाको उपस्थिति कम भएको बताउनुभयो । संचारगृहले पत्रकारको क्षमता अभिबृद्धिमा लगानी नै नगरेको गुनासो गर्दै संचारगृहले महिलाको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । पत्रकार महासंघको तथ्याक अनुसार नेपालमा १० हजार ७७ जना पत्रकार छन् । जसमध्ये १ हजार ६ १३ जना मात्र महिला छन् ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष भवानी बराल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की, पत्रकार महासंघका पूर्व अध्यक्षहरु तारानाथ दाहाल, सुरेश आर्चाय, विष्णु निष्ठुरी लगायत विभिन्न सञ्चार माध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारहरुले महिला पत्रकारहरु जोखिम लिन नचाहने हुँदा महिलालाई पत्रकारितामा ल्याउन र टिकाउन समस्या भएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: