नि:शुल्क उपचार सहुलियत लिनेमा महिला कम


महिलामा रोग लुकाउने प्रवृत्ति र सुचनामा पहुँच नहुँदा सेवा लिन सकेनन्

प्रकाशित मिति :2017-07-13 12:31:42

महिला खबर

काठमाडौं । सरकारले जटिल र खर्च बढी लाग्ने ८ रोगका लागि १ लाख रुपैया बराबरको औषधी उपचार सहुलियत दिर्दै आएपनि यो सेवा लिनेमा महिला कम देखिएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार सरकारले मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया रोग लागि नेपाल वा विदेशमा गई उपचार गराउँदा बढीमा १ (एक) लाख रुपैयासम्म औषधि उपचार वापत आर्थिक सहायता प्रदान गर्दै आएको छ ।

विभाग अन्तर्गत विपन्न नागरिक औषधी उपचार कोष सचिवालयका सिअहेवा अधिकृत प्रकाश घिमिरेले आर्थिक वर्ष २०७२÷७३ मा ३३ हजार ४८८ जना विरामीले यो सेवा लिएका छन् । त्यस्तै चालु आर्थिक वर्षको जेठसम्म मात्र ७१ हजार ७ सय २ जना विरामीले यो सेवा लिएका छन् । जसमध्ये ४० प्रतिशत मात्र महिलाले यो सेवा लिएको घिमिरेले बताउनुभयो ।

‘महिला, पुरुष छुट्याएर तथ्यांक राख्ने गरेका छैनौं तर सेवा लिने मध्ये ४० प्रतिशतको हराहरीमा मात्र महिला छन् ।’ घिमिरेले भन्नुभयो । उहाँले महिलाहरुमा रोग लुकाउने प्रवृत्ति र सुचनामा पहुँच नहँुदा यो सेवाबाट बन्चित हुनुपरेको बताउनुभयो ।
यो सेवाका लागि सरकारले चालु आर्थिक वर्षमा एक अर्ब रकम विनीयोजन गरेकोमा ६० देखी ७० करोड रकम अपुग भएको समेत उहाँले जानकारी दिनुभयो ।

यो रकम विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका (संशोधित) २०७१ अनुसार सरकारले सुचीकुत गरेका ५७ अस्पतालबाट यो सेवा दिइरहेको विभागले जनाएको छ ।

मृगौला रोगीको हकमा भने सरकारले स्वदेश वा विदेशमा मृगौला प्रत्यारोपण गरेमा अस्पताल मार्फत २ लाख र मृगौला प्रत्यारोपण पश्चात औषधि सेवनका लागि रु १ लाख दिने गरेको छ । सो रकम सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराएबापत सेवा निशुल्क प्रदान गर्ने गरिएको छ ।

उपचार सेवा लिन नगरपालिका वा गाउँपालिका र वडाबाट आर्थिक अवस्था कमजोर भएको विपन्नताको सिफारिस, चिकित्सकको सिफारिस, नागरिकताको प्रतिलिपी वा नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपी सहित निवेदन लेखि जिल्ला स्वास्थ्य कार्यालयमा पेश गर्ने र जिल्लास्तरिय सिफारिस समितिको निर्णयको प्रतिलिपी लिएर सूचिकृत अस्पतालमा उपचार सहुलियतका लागि पेश गर्नुपर्ने हुन्छ । यो प्रकृया धेरै झन्झटिलो हुँदा पनि महिलाहरुलाई सहुलियत सेवा लिन गाह्रो भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: