सहयोग संगै धम्की आउँछन्,: दुर्गामाया


प्रकाशित मिति :2017-07-12 16:56:19

रीता बुढाथोकी

दुर्गामाया ठकुरी

काठमाडौँभक्तपुर दुवाकोटमा रहेको एउटा सानो कोठामा आफ्नी ४ वर्षकी छोरीका साथ रोगसंग लडिरहेकी दुर्गामाया ठकुरीकोे उपचारका लागि सहयोग रकम जुटिरहेको भएपनि उनलाई स्याहार–सुसार र रेखदेख गर्ने मान्छे नभएका कारण समयमा औषधि समेत खान पाएकी छैनन् । घाउबाट निरन्तर गन्हाउने पीप बगिरहने र घाउ दुखेका कारण उठेर छोरीको लागि खाना बनाएर खुवाउन पनि नसकेको उनले बताइन् ।

 “शरिरमा कुनै तागत छैन, १ महिनामा ८ किलो घटेछु, घाउ दुखेर खपिनसक्नु हुन्छ, त्यसमाथि फोन तथा भिडियोमा मेरो मजाक उडाउनेहरु धेरै छन् ।”

सोमबार सहयोग रकम हस्तान्तरण गर्न गएका दाताहरुसंग दुर्गामायाले बिलौना गरिन् । उनले भनिन्, “मेरो उपचारका लागि सहयोग गर्ने थुप्रै सहयोगी हातहरु पाएकी छु, तर कतिपयले मरो अजस्थाको मजाक उडाउँछन् साह्रै दु:ख लाग्छ ।” बिदेशबाट सामाजिक संजालमार्फत सम्पर्क गर्नेहरुले सहानुभूति ब्यक्त गर्दै सहयोग गर्ने आश्वासन दिने गरेको भएपनि कतिपयले अश्लिल फोटो र भिडियो समेत पठाउने गरेको उनले गुनासो गरिन् । कोहिले फोनमै थर्काउने गरेको पनि उनले बताइन् ।

“बिदेशमा रहनु हुनेले ‘इमो’ मार्फत सम्पर्क गर्नुहुन्छ, तर केहीले छाडा फोटो पठाउने र उच्खृङ्खल कुरा गरेर मेरो रोगको खिल्ली उडाउने गर्नुहुन्छ” ।

केही भारतीय नम्वरबाट ‘इमो’मा कल गरेर दु:ख दिने गरेको उनले बताईन् । ९१७३९७२५२२८७, ९१७४१८७०१४७९ जस्ता भारतीय नम्वरबाट कल आउने गरेको र अश्लिल फोटो र भिडियो पठाउने गरेको उनले गुनासो गरिन् ।

‘कसै कसैले त नाम नभएका आइ.डी. बाट समेत दु:ख दिने गरेका छन्’ उनले भनिन् । यही कारणले फोन स्वीच अफ गरेर बस्न वाध्य भएको र सहयोगीले सम्पर्क गर्न अप्ठेरो भएको समेत उनले जानकारी गराइन् । उनले आफ्नो बाध्यताको मजाक नउडाउन समेत आग्रह  गरेकी छिन् ।

यो पनि हेर्नुहोस् 

‘उपचार खर्च छैन तर बाँच्न चाहन्छु’

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: