सुरक्षित गर्भपतनले स्वास्थ्य समस्या घट्दो


प्रकाशित मिति :2017-07-12 13:24:39

–बसन्ता भट्ट–

बेसीशहर । लमजुङमा सुरक्षित गर्भपतन सेवा सुरु भएपछि महिलाहरुले झेल्दै आएका स्वास्थ्य समस्यामा कमी आएको छ ।   जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रमा समेत सुरक्षित गर्भपतन सेवा प्रदान गर्न थालेपछि असुरक्षित गर्भपतन पश्चात आइपर्ने समस्या कम हुँदै गएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य केन्द्रहरु खुदी, चिसंखु, सुन्दरवजार र धमिलीकुवा स्वास्थ्य चौकी लगायत बेसीशहरमा रहेको लमजुङ मोडल हस्पिटलले सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएका छन् ।

गत साउनदेखि हालसम्म खुदी, चिसंखु, सुन्दरवजार र धमिलिकुवा स्वास्थ्य चौकीमार्फत ५२ जना र मोडल हस्पिटलबाट ५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

यो सेवा सञ्चालन भएसगैँ महिलाहरुमा असुरक्षित गर्भपतनले आइपर्ने स्वास्थ्य समस्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यलय लमजुङका पब्लिक हेल्थ नर्स अधिकृत अम्विका केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘असुरक्षित गर्भपतनले ज्वरो आउने, महिनावारीमा गडवढी, रक्तश्राव हुने, बाँझोपनको समस्या देखापर्ने र अन्त्यमा महिलाको ज्यान समेत जान सक्छ । यो जोखिम कम गर्न परिवार नियोजनको अस्थायी साधनको प्रयोग तथा सुचिकृत स्वास्थ्य केन्द्रमार्फत गर्भपतन गराउनुपर्दछ ।’

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सेवा विस्तारका लागि जिल्लाका अन्य स्वास्थ्य चौकीको स्थलगत अनुगमन समेत गरिएको छ । औषधि सेवन विधिबाट जिल्लाभित्र प्रदान गरिने यो सेवामार्फत अनिश्चित गर्भ रहेमा ९ हप्ताभित्रको र महिलाको प्रजनन् स्वास्थ्यमा जटिल समस्या आइपरेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित रुपमा गर्भपतन गर्ने व्यवस्था रहेको छ ।
नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले गर्भवति महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ पतन गर्ने सकिने कानुनी मान्यता छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: