कसरी बचाउँ उर्मिलालाई ?


प्रकाशित मिति :2017-07-11 13:27:17

महिला खबर

काठमाडौं । २१ वर्षिया ब्लड क्यान्सर पीडित उर्मिला भुजेल काठमाडौंको सिभिल सर्भिस अस्पतालमा उपचारको क्रममा छिन् । सोही अस्पतालको वेड नम्बर २३५, बाट उनले आफ्नो जीवनरक्षाको याचना गरिरहेकी छन् ।

दोलखा झुले २ की उर्मिलाले एक महिना अघि मात्रै आफूलाई घातक रोग ब्लड क्यान्सर भएको थाहा पाएकी थिइन् । त्यो पनि पहिलो सन्तानको रुपमा छोरा जन्मेको केही दिनमा ।

आर्थिक स्थिति कमजोर भएकी उनले आफूलाई बचाउन अपील गरेकी छन् । ‘मेरो बाँच्ने ठूलो इच्छा छ । मलाई बचाइदिनुहोस्’– अस्पताल पुगेकोे महिला खबरको टिमसंग उनले याचना गरिन् ।

माइतीघर लमजुङको तार्कुघाट भएकी उर्मिलाको २ वर्षअघि दोलखा, झुलेका राजु भुजेलसंग प्रेम विवाह भएको थियो ।

उर्मिलाले चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पस र राजु नेपाल कर्मेस क्याम्पस काठमाडौबाट व्यवस्थापन संकायमा ब्याचलर गरेका छन् । विवाहपछि उनीहरु गाँउ फर्केका थिए ।

तीन महिना अघि उर्मिलाले छोरा उज्वललाई जन्म दिइन् । दम्पतीले नयाँ सदस्यको रुपमा छोरा पाएको सुखी साट्न नपाउँदै उर्मीलाको स्वास्थ्यमा समस्या देखिन थाल्यो । सामान्य काँटिएको ठाउँबाट पनि रगत बगिराख्ने, दाँतको गिजाबाट रगत बग्ने जस्तो समस्या देखियो ।

यो समस्या देखिएपछि वीर अस्पताल पुगे । वीरमा उपचार नहुने भएपछि सिभिल अस्पताल गए । सिभिलमा स्वास्थ्य परीक्षण पछि ब्लड क्यान्सर देखियो । उनको परिवार छाँगाबाट खसेजस्तै भयो ।

‘ब्लड क्यान्सर भएको रिपोर्ट आएपछि त हाम्रो होस ठेगान नै उडेको छ’ अस्पतालमा रहेका श्रीमान राजुले भने । दुई दिनपछि अस्पतालले भर्ना लियो । उर्मिलालाई अहिले किमो चढाइरहेको छ । उनी पहिला भन्दा बढी नै थलिदै जान थालेकी छन् । उनले दुई चार शब्द बाहेक केही बोल्न सक्दिनन् । उर्मीलालाई डाक्टर विषेश पौडेलेले हेरिरहेको राजुले बताए ।
अस्पताल भर्ना भएको महिनादिनमा ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च भैसकेको राजु बताउँछन् । अझै २४ लाख रुपैँयासम्म लाग्न सक्ने डाक्टरले बताएको

राजुले बताए । सरकारले दिएको १ लाख रुपैया औषधी किन्नमै सकियो । औषधी मात्र दिनमा ३-४ हजार रुपैँया खर्च लाग्ने राजुले बताए । कृषि गरेर जीवन निर्वाह गरिरहेका राजुलाई उर्मिलाको जीवन कसरी बचाउने ठूलो चिन्ता छ । ‘सर–सापट गरी ल्याएको पैसा सकियो, अब कसरी खर्च धान्ने हो संकट छ ।’ राजेले भने ।
उता उर्मिलालाई स्वास्थ्य समस्या देखिएपछि ३ महिने छोरासँग छुटिएर बस्नुपर्दाको पिडा छ । आमाको दुध खुवाउन नमिल्ने भएपछि उज्जवललाई घरमा हजुरआमासंग छोडिएको छ ।

उर्मिलालाई रोगको असर र छोरोका चिन्ताले झन-झन थलिदै गएकी छन् । उनले आफू र आफ्नो नवजात शिशुको जीवन रक्षाको लागि सहयोगी दातासंग आग्रह गरेकी छन् ।

सिभिल अस्पतालका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौडेलले उर्मिलालाई औषधी चलाईसकेको बताए । औषधीले छोएको खण्डमा एक सय जनामा ७० देखी ८० जनालाई यो रोग निको हुने डा‍. पौडेलले बताए ।

उर्मिलाको जीवनरक्षाका लागि अहिले राजुका साथीहरुले काठमाडौंका विभिन्न स्थानमा सहयोग संकलन अभियान समेत चलाइरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: