साउदीमा आठ वर्षदेखि बन्धक नेपाली युवतीको उद्धार


प्रकाशित मिति :2017-07-11 11:00:15

-कान्तिपुर दैनिकबाट साभार-

 साउदी अरबको तावुकबाट भक्त हमालले झापाका विशाल श्रेष्ठलाई एउटा नम्बर उपलब्ध गराउँदै भने, ‘यो नम्बर भारतीयले बोक्छ । एक नेपाली चेलीलाई ८ वर्षदेखि बन्धक बनाएर राखेको खबर छ । उद्धार गर्नुपर्‍यो ।’

श्रेष्ठले धेरैपटक फोन गर्दा पनि नउठेपछि सन्देश पठाए । आधा घण्टामै सम्पर्क भयो । नम्बर भारतीय युवतीको रहेछ । ‘हामी एउटा आमाछोरीको घरमा काम गर्छौं,’ ती युवतीले आफ्नो भाषामा भनिन्, ‘उन ९नेपाली युवती० लाई बाहिर कसैसँग सम्पर्क गर्न दिइएको छैन । कहिलेकाहीं मालिक्नीकी आमाको घर जाँदा मैले मात्र भेट्छु ।’

ती युवतीले नेपाली युवतीलाई खुसुक्क आफ्नो मोबाइल दिइन् । ८ वर्षदेखि बन्धक रहेकी ती युवती थिइन्– पाल्पा दोभान–२ की ३९ वर्षीया कमला दर्लामी मगर । दर्लामीलाई श्रम शोषण र बन्धक बनाएर राखेको खबर ती युवतीले भारतमा रहेका आफ्ना दाजुलाई सुनाएकी थिइन् । उनका दाजुले नेपालमा सम्पर्क गरेर परिवारलाई सूचना दिए । साउदी गएदेखि सम्र्पकविहीन मगर जीवितै रहेको खबर पाएलगत्तै परिवारले साउदीमै रहेका छिमेकी भैरवसिंह सुनारलाई बुझ्न लगाए । उनी तावुकमा ड्राइभरको काम गर्थे । ती युवतीको नम्बर उनैले हमाललाई उपलब्ध गराएका थिए ।

कमलाले पहिलोपटक श्रेष्ठसँग फोनमा निकै मधुरो स्वरमा कुरा गरिन् । आफू त्यो घरबाट भागेर आउन नसक्ने बताइन् । साउदी मालिकरपरिवारले थाहा पाउँछन् भनेर डराइरहेकी कमलासँग लामो कुरा हुन सकेन । त्यसपछि भने घरबाट भगाएर दूतावाससम्म लैजाने योजना बनाए श्रेष्ठले । कमला बस्ने किबाबाट रियादस्थित नेपाली दूताबास करिब एक सय ६० किमि टाढा थियो । श्रेष्ठ आफैंले गाडीमा हालेर लैजान सक्ने अवस्था थिएन । बाटोमा प्रहरीले पक्रिहाले सीधै जेल जानुपर्ने खतरा थियो ।

श्रेष्ठ अलग्गै सिमबाट समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा नेपाली दूतावाससँग समन्वय गर्थे । त्यसैबाट कमलाको विषयमा दूतावासलाई जानकारी गराए । कमलालाई ल्याउन घरसम्मै गाडी पठाउन दूतावास तयार भयो ।

कमला बसेको घरको ‘लोकेसन’ भारतीय युवतीले दिइन् । कमलालाई घरअगाडि आइपुग्ने समय दिएर तयार भएर बस्न लगाए । किबा निकै पुरानो गाउँ थियो । गाडीको आवातजावत कम हुन्थ्यो । कमलाको घरअगाडि दूतावासको गाडी पुग्यो । श्रेष्ठले अलि टाढै गाडी रोके । कमला घरबाट निस्केर दूतावासको गाडी चढ्नै लाग्दा साउदी नागरिकको गाडी आएर छेकिहाल्यो । उनीहरू केरकार गर्न थाले । श्रेष्ठ त्यो देख्नेबित्तिकै भागिहाले । साउदी नागरिकले प्रहरीलाई खबर गरिदिए । प्रहरीले दूतावासको गाडी र कर्मचारीलाई नियन्त्रणमा लियो । साउदी अरबमा घरेलु कामदारलाई मालिकको सहमतिबिना लैजान नपाउने नियम छ ।

प्रहरीले दुई दिनसम्म गाडी नियन्त्रणमा राख्यो । दूतावासका कर्मचारीले नेपालीलाई बन्धक बनाएर राखेको भन्दै स्वदेश पठाइदिन प्रहरीसमक्ष अनुरोध गरे । कमलालाई स्वदेश पठाइदिन मालिक तयार भए । ‘कसरी साउदीमा जीवन कटाएँ । त्यसको लेखाजोखा छैन,’ कमलाले भनिन्, ‘देश फर्किन पाएँ । नयाँ जिन्दगी पाएको छु । यसैमा खुसी लागेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: