मन्त्रीमण्डलमा माओवादीबाट महिला पठाउने पक्काः प्रवक्ता भुषाल


काँग्रेसकै कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई

प्रकाशित मिति :2017-07-06 17:14:28

महिला खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले प्रधानमन्त्री तथा काग्रेंसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्रीमा महिला पठाउने पक्का भएको बताउनुभएको छ ।

महिला खबरसँग कुराकानी गर्दै उहाँले अब विस्तार हुने मन्त्रिमण्डलमा माओवादीले महिला पठाउने पक्का भएको बताउनुभएको हो । ‘अब विस्तार हुने मन्त्रिमण्डलमा हाम्रो पार्टीले महिला पठाउने पक्का भएको छ’ प्रवक्ता भुषालले भन्नुभयो । तर कुन मन्त्रालयमा को पठाउने भन्ने निर्णय गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता भुषालले काँग्रेस भित्रको आन्तरिक विवादका कारण मन्त्रीपरिषद् विस्तार ढिलाई भएको बताउनुभयो ।

‘हामी मन्त्रीमण्डल विस्तार गर्न तयार छौ, तर काँग्रेसभित्रकै आन्तरिक विवादले प्रधानमन्त्री नै तत्काल मन्त्रीमण्डल विस्तार गर्ने पक्षमा हुनुहुन’ प्रवक्ता भुषालले भन्नुभयो ।

अहिलेको ८ सदस्यीय मन्त्रीमण्डलमा एक जना पनि महिला मन्त्री परेका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: