ट्युनिसियाका महिला पुन कुमारीत्व फर्काउन चाहन्छन्


प्रकाशित मिति :2017-06-29 09:55:40

उनी एउटा सानो शल्यक्रियाबाट आफ्नो कुमारीत्व फेरि बनाउनका लागि यहाँ आएकी हुन् । हामी आधुनिक समाजमा बसेका भन्छौं तर महिलाको यौन इच्छा र स्वतन्त्रतामा भने समाज खासै आधुनिक भइसकेको छैन । यास्मीनको विवाह दुई महिनापछि हुँदैछ । यी २८ वर्षीयालाई

आफ्नो श्रीमानले उनी कुमारी नभएको कुरा पत्ता लगाउलान् भन्ने डर छ । 

ट्युनिसिया  युवती विवाह गर्ने बेलामा कुमारी हुनुपर्छ भन्ने मान्यता छ । यसै कारण यो देशमा कुमारीत्व पुनस्र्थापना गर्ने एक विशेष शल्यक्रिया व्यापारको रूपमा फस्टाउँदै छ ।
यास्मीनलाई (परिवर्तित नाम) छटपटी छ । उनी कहिले आफ्नो नङ्ग टोक्छिन् त कहिले मोबाइल हेर्छिन् । ‘मलाई यो कसैलाई धोका दिएको जस्तो लागिरहेको छ । मलाई पिर परेको छ,’ उनी भन्छिन् ।

हामी टुनिस शहरको चौथो तल्लाको निजी स्वास्थ्य सेवा क्लिनिकमा छौँ । यहाँ स्त्रीरोग सम्बन्धी सेवाहरू दिइन्छ । हामा्रे वरिपरि अरू महिला धैर्यतापूर्वक आफ्नो पालो कुरिरहेका छन् । यास्मीले मलाई खुसुक्क भन्छिन् उनी एउटा सानो शल्यक्रियाबाट आफ्नो कुमारीत्व फेरि बनाउनका लागि यहाँ आएकी हुन् । हामी आधुनिक समाजमा बसेका भन्छौं तर महिलाको यौन इच्छा र स्वतन्त्रतामा भने समाज खासै आधुनिक भइसकेको छैन । यास्मीनको विवाह दुई महिनापछि हुँदैछ । यी २८ वर्षीयालाई आफ्नो श्रीमानले उनी कुमारी नभएको कुरा पत्ता लगाउलान् भन्ने डर छ । उनी यहाँ कृतिम तरिकाले कुमारित्व फर्काउने उद्देश्यले आईन् तर उनलाई पछि सत्य बाहिर आउला भन्ने डर छ ।

“कुनै दिन मैले कुराकानीबाटै यो तथ्य श्रीमानलाई फुस्काउन सक्छु । श्रीमान् आफैले पनि शंका गर्न सक्छन्,”उनी भन्छिन् । भर्खरका महिलाको विवाह लगत्तै पारपाचुकेको लागि दबाब परेका केही घटनाहरू बाहिर आएका छन्। ती घटनाहरूमा श्रीमानले श्रीमतीको कुमारीत्वमा शंका गरेका थिए । यास्मीनको जन्म उदारवादी परिवारमा भएको थियो ।

उनी धेरै वर्ष विदेश पनि बसिन् । उनलाई मंगेदरले उनको यौन इतिहास थाहा पाए भने विवाह गर्न असहमत हुन्छन् भन्ने डर छ । ‘मेरो सम्बन्ध एउटा पुरुषसँग थियो । त्यति बेला मैले कल्पनासम्म गर्न सकेको थिइन कि समाजले यसमा यति धेरै दबाब दिन्छ भनेर । अनि यसका नतिजाहरु के हुन्छन् भनेर,’ यास्मीन भन्छिन् ।

यास्मीनले उक्त ३० मिनेटको शल्यक्रियालाई करिब ४०० डलर तिर्ने छिन्। उनले घरपरिवारलाई थाहा नदिई शल्यक्रियालाई पैसा बचाएकी थिइन् । उनको शल्यक्रिया गर्न खटिएका चिकित्सक स्त्रीरोग विशेषज्ञ हुन् र औसतमा उनले एक हप्तामा दुईवटा यस्ता शल्यक्रिया गर्छन्। उनी भन्छन्,– ‘९९% गा्रहक डर, लाज र परिवारमा आउन सक्ने आँचबाट ग्रस्त हुन्छन् ।’

‘चिकित्सकहरुले गुप्ताङ्गको शल्यक्रियाबाट कुमारीत्व मर्मत गर्न सक्छन् । यो ठुलो कुरा होइन । तर केही चिकित्सकहरु यस्तो शल्यक्रिया गर्न मान्दैनन् । म सैद्धान्तिक हिसाबले कुमारित्वलाई धर्म र शुद्धतासँग जोड्नेहरुसँग सहमत छैन । यो एउटा पुरुषवाद हाबी भएको समाजको उदाहरण हो । म यसको विरुद्धमा छु ।’ चिकित्सक भन्छन् ।

उत्तरी आफ्रिकामा टुनेसियालाई महिला अधिकारको विषयमा रामा्रे नेतृत्व लिएको देश भनिन्छ । तर धर्म र परम्पराका कारण महिला विवाह नभएसम्म कुमारी हुनुपर्ने दबाब छ । कुमारी नभएमा बेहुलीलाई पारपाचुके दिन सक्ने प्रावधान टुनेसियाको कानुनमा छ ।

एउटा सरकारी विश्वविद्यालयमा मैले एक २९ वर्षीय विद्यार्थीलाई भेटें । उनी अर्को वर्ष बिहे गर्दैछिन्। मैले उनलाई सोधेँ उनको हुनेवाला श्रीमती कुमारी नै हुनुपर्छ वा पर्दैन । ‘हुनुपर्छ नि। मेरो लागि यो धेरै, धेरै महत्त्वपूर्ण कुरा हो,” उनले भने।

उनीसँगै बसेका अर्को विद्यार्थीले भने फरक विचार व्यत्त गरे । ‘मेरो विचारमा यो दोग्ले कुरा हो, उनी भन्छन्,– ‘युवा बिहे अगाडि यौन स्वतन्त्रताको प्रयोग गर्छन् । तर युवतीलाई मात्र किन दोष दिने त?’

साभारः सिहेम हसानी, बिबिसि

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: