‘मतदाताले हामीलाई मत दिएकोमा गर्व गर्नेछन्’


प्रकाशित मिति :2017-05-27 10:06:07

रुकुमको विकट गाउँ भुमे गाउँपालिकामा जन्मनुभएकी प्रेमकुमारी सुनार अहिले मुसीकोट नगरपालिकाको उपमेयर हुनुहुन्छ । विद्यार्थी कालदेखि नै राजनीतिमा लाग्नुभएकी सुनारले उपमेयर पदसम्म आइपुग्दा धेरै सर्घष गर्नुभएको छ । 

उहाँ लामो समयदेखि माओवादी निकट सामना साँस्कृतिक परिवारमा गायिकाको रुपमा रहनुभयो । दोस्रो खारा, बेनी, अर्घाखाँची, गाम लिस्ने लगायतका फौजी आक्रमणमा भाग लिनुभएकी सुनारले महिला र दलित आन्दोलनमा सशक्त रुपमा भाग लिएर महत्वपूर्ण भुमिका खेल्नुभएको छ । माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित ३९ वर्षिय सुनारसँग सन्दिप वि .कले गर्नुभएको कुराकानी ।

उपमेयरमा निर्वाचित हुनुभएको छ, कस्तो महसुस गर्नुभएको छ ?

पार्टीले मेरो योगदानको कदर गरेर मलाई उम्मेद्वार बनायो । खुसी लागेको छ । पार्टी संगठनका हिसाबले हामी मजबुँद थियौ, त्यसमा योग्य उम्मेदवार, प्रभावकारी एजेण्डा र व्यवस्थित प्रचारप्रसारले मैले जिते । आम जनताले मलाई अधिकतम मत दिनुभयो । शहिद परिवारले धेरै आशा गर्नुभएको थियो । अहिले सेवा गर्ने मौका पाएको छु । जनताको सेवा गर्ने फरक र नयाँ यात्रा शुरु भएको छ । जनताको मतको अवमूल्यन हुने कुनै काम गर्ने छैनौ, हामी चाहन्छौ हरेक मतदाताले हाम्रो कामबाट हामीलाई मत दिएकोमा गर्व गर्न पाउनेछन् ।

तपाईको नगरपालिकामा महिला एवम् दलित महिलाहरुमा कस्तो समस्या देख्नुभएको छ ?

अहिले पनि महिलाहरुले धेरै पिडा सहेर बसिरहनुपरेको अवस्था छ । संविधान र मौलिक हकमा महिलाका अधिकारहरु सुनिश्चित गरिएको छ, तर कार्यान्वयन पक्ष फितलो छ ।
अझ दलित महिलाको स्थिति नाजुक छ । दलित महिलाहरु सामाजिक रुपमा बढि पिडित छन् । न्यायको पहुँच सम्म उनीहरु पुग्न नसकेको अवस्था छ । अधिकारका लागि झन् बोल्नै नसकेको अवस्था छ । अझैपनि दलित महिलाहरु दलित भएकै कारण बोक्सिको आरोप खेपिरहेको अवस्था छ । कतिको हत्या समेत भएको छ । म पनि दलित भएकै कारण हेपिएको धेरै अनुभवहरु छन् । अब ति समस्याहरु कम गर्न मेरो पहल हुनेछ ।

दलित महिलाका लागि छुट्टै कार्यक्रम छन् कि ?

पहिला त पिडित महिलाका लागि न्यायको लागि पहल गर्नेछु । महिलाका लागि न्यायसम्म पुग्ने वातावरण तयार गर्नेछु । महिलाका लागि स्वरोजगारका कार्यक्रमहरु ल्याउनेछु ।

स्थानिय तह निर्वाचनमा दलित महिलाका लागि आरक्षण कोटाको व्यवस्थाले धेरै दलित महिला स्थानिय सरकारमा आउने अवसर पाए, तर नेतृत्वमा अझै पुगेका छैनन्, अब स्थिति परिवर्तन हुनेमा कतिको आशा गर्नुभएको छ ?

अहिले स्थानीय तहको निर्वाचनमा दलित महिलाको सिट सुरक्षित गरेको छ । त्यसमा हामी धेरै खुसी छौ । यसले दलित महिला समेत सरकारमा आएको अवस्था छ । दलित महिलाको संख्यात्मक हिसावले हामी खुसी भएका छौँ  ।
यो भन्दा पहिला दलित भन्नाले पुरुष दलित महिला मात्र आउने अवस्था थियो । तर संविधानले त्यो अवस्थालाई समेत हटाएको छ । दलित महिला सरकारमा आउँदा धेरै परिवर्तनको आश गरेको छु । अब हरेक तहमा उनीहरुले दलित महिलाका विषयमा कुरा राख्नेछन् । दलित महिलाका विषयमा आवाज उठाउनेछन् ।

तपाईले जनतासामु गरेका प्रतिवद्धता कसरी अगाडि बढाउनुहुन्छ ?

नगरसभापछि विकास निर्माणका काम पास हुनेछ । जुन मेरो एजेण्डा छ, नगरपालिकालाई आर्थिक समृद्धि बनाउने त्यसलाई पूरा गर्नेछु । नगरपालिकामा गुरुयोजना बनाउने सोचमा छु । युवायुवतीहरुमा रहेको बेरोजगारी समस्या छ त्यसलाई हटाउने प्रयत्न गर्नेछु । कृषि, पर्यटन क्षेत्र र जलस्रोतमा लगानीको पकेट क्षेत्रका रुपमा विकास गर्नेछु । महिलाहरुका निम्ती सिपमुलक कार्यक्रम ल्याएर नगरलाई १० वर्षभित्र बेराजगार मुक्त नगर बनाउने छु । अहिले सहिद तथा वेपत्ता परिवारले म बाट धेरै आश गर्नुभएको छु । उहाँहरुका निम्ती विशेष कार्यक्रम ल्याउने छु । सडक, यातयातमा सुधार ल्याउनेछु ।

तपाईको राजनीतिक यात्रा ?

म विद्यार्थी जीवनदेखि (वि.स२०४९) नै राजनीतिमा सक्रिय छु । गाउँ इकाई कमिटी लगायत कलाकार जनसाँस्कृतिक परिवारमा समेत लामो समय आवद्ध भए । वाइसिएल, कलाकार र विभिन्न संगठनमा लागेर धेरै भूमिका निर्वाह गरिसकेको छु । १७ वर्षको हुँदा सेनाले घर बस्न नदिएपछि जनयुक्तमा जान बाध्य भए । माओवादी निकट केन्द्रीय साँस्कृतिक परिवार सामाना साँस्कृतिक परिवारमा बर्षौसम्म बिताए । त्यसपछि कहिले संगठन त कहिले फौजी कमाण्ड सम्हालेर काम गरे । वि.स २०४९ सालदेखि निरन्तर राजनीतिमा लागि रहेको छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: