भोलि शुक्रबार फागुन २१ गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १३८र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।
कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-
- शान्ति प्रक्रियाले समेट्न नसकेको र सामाजिक–सांस्कृतिक दबावका कारण सशस्त्र द्वन्द्वका बेला भएका यौनहिंसाका निको पार्नै नसकिएका घाउहरू बारे सुल्यान जिल्लाका घटनामा आधारित शोभा भट्टराईले तयार पार्नु भएको रिपोर्ट,
- नेपाली कांग्रेसको १३औं माहअधिवेशनमा समावेशीको विषयमा नेपाली कांग्रेसका नेत्री तथा पूर्व सभासद् लक्ष्मी परियारसँग लिइएको समकोण अन्तर्वार्ता,
- देशका बृद्धबृद्धामाथि घरदेखि राज्यसम्मबाट हुँदै आएको गैरजिम्मेवार व्यवहार र बेवास्ताले चुलिँदै गएको असभ्य र अमानवीय अवस्था बारे काठमाडौं रिपोर्ट।
Comment Here!